किन रोज्दैनन उत्कृष्ट बिद्यार्थी शिक्षाशास्त्र ?

एसइईको परीक्षाफल प्रकाशित भएसँगै यतिखेर धेरै विद्यार्थी कुन संकाय पढ्दा उपयुक्त होला भन्ने अलमलमा छन्। धेरै जिपिए ल्याउन सफल विद्यार्थी विज्ञान, व्यवस्थापन संकायमा भर्ना हुने तरखरमा छन् भने कमजोर विद्यार्थी मानविकी तथा शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने योजनामा छन्।

नेपालमा आधुनिक शिक्षाको शुरुआत २००७ साल पछि शिक्षा क्षेत्र अगाडि बढेको हो । पञ्चायति व्यवस्थाको ३० बर्षमा जिल्ला जिल्लामा विद्यालयहरु खुले । प्रजातन्त्रको पुनस्थापना २०४६ पछि गाउँ गाउँमा विद्यालयहरु खुल्दै गए । अहिलेसम्म आइपुग्दा संख्यात्मक रुपमा शिक्षालयहरुको अभाव छैन । राज्यले हजारौंको संख्यामा सञ्चालन भई रहेका शिक्षालयहरुलाई गुणस्तरीय बनाउन सकेको छैन । अहिले विद्यालयतह देखि विश्वविद्यालय सम्म शिक्षाको गुणस्तरका बारेमा व्याप्त असन्तुष्टि छ ।

हामीकहाँ योग्य शिक्षक उत्पादन गर्ने संयन्त्रका विषयमा पनि ठूलो असन्तुष्टि छ । शिक्षामा प्रगति गरेका देशमा शिक्षक विश्वविद्यालयले उत्पादन गर्छन् । उनीहरूले त्यही थलोमा आफूलाई चाहिने प्रखर र अब्बल शिक्षक उत्पादन गर्ने वैज्ञानिक विधि तय गरेका छन् । हाम्रोमा पनि त्रिभुवन विश्वविद्यालयमा शिक्षक उत्पादन गर्ने भनेर शिक्षा संकाय बनाइएको छ । तर, शिक्षा संकाय यस्तो संकाय हो, जुन अब्बल विद्यार्थीको रोजाइमा पर्दैन । विद्यालय तहमा राम्रो अंक प्राप्त गरेका विद्यार्थीको रोजाइ डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्दै विज्ञान विषयमा हुन्छ भने दोस्रो श्रेणीकाले व्यवस्थापन या नयाँ आएका विषयप्रति रुचि देखाउने गरेको देखिन्छ । बल्ल तेस्रो किसिमका विद्यार्थीले जागिरका लागि शिक्षक हुनुपर्छ भन्ने मनसायसहित शिक्षा संकायमा आँखा लगाउँछन् ।

युरोप, अमेरिका, लगायत धेरै जसो एशिया महादेशका मुलुकहरुमा पनि शिक्षण पेसालाई अत्यन्त मर्यादित एवं प्राज्ञिक रुपमा हेर्ने गरेको पाइन्छ । देशका हरेक क्षेत्रमा आवस्यक पर्ने सक्षम जनशक्ति उत्पादन गर्ने क्षेत्रको रुपमा हेरिन्छ । तर हाम्रो देशमा शिक्षा क्षेत्र पहिले देखि नै उपेक्षित हुने गरेकोले हाम्रा शिक्षालयहरु गुणस्तरीय बन्न सकेनन् । प्रतिभावान एवं सक्षम जनशक्ति शिक्षण पेशामा आकर्षण हुन सकेनन् । समाजमा उत्कृष्ट विद्यार्थीको रोजाई डाक्टर, इञ्जीनियर, पाइलट, निजामति एवं वैकिङ् क्षेत्र लगायतमा पर्दै गए । शिक्षण पेसा सामाजिक, आर्थिक वा राजनितिक रुपमा प्राथमिकतामा पर्न सकेन ।

राम्रो जिपिए ल्याएका विद्यार्थीलाई विज्ञान र व्यवस्थापन संकायमा हुत्याउँदा एकातिर त्यसक्षेत्रकाे स्कोप साँघुरिने अर्काेतिर अन्य क्षेत्रमा देशका लागि आवश्यक दक्ष जनशक्तिको अभाव हुने चिन्ता छ। यही कारण नै अहिले इतिहास, भूगोल, राजनीतिशास्त्रजस्ता महत्वपूर्ण विषयमा उच्च शिक्षा पढ्ने विद्यार्थी नभई देशकै लागि समस्या हुन पुगेको तीतो यथार्थ पनि छ ।आज हाम्रा देशका शिक्षालयहरु राजनितिक चपेटामा परेका छन् । शैक्षिक संस्थाहरु वेरोजगार जनशक्ति उत्पादन गर्ने उद्योगको रुपमा सञ्चालित छन् । राज्यसंग अझै पनि शिक्षालयहरुको व्यवस्थापन र सञ्चालन गर्ने नविन दृष्टिकोण छैन ।

देशभरका करिब पाच सय भन्दा बढि क्याम्पसमा शिक्षाशास्त्रको पढाइ हुन्छ । तर, विश्वविद्यालयमा शिक्षा संकाय परिणामको हालत भने दयनीय देखिन्छ । पछिल्ला सात वर्षको परिणाम केलाउने हो भने यस संकायमा २५ देखि २८ प्रतिशत मात्र विद्यार्थी पास भइरहेका छन् । त्यो पनि अधिक विद्यार्थीको प्रतिशत गतिलो छैन ।

शिक्षा जस्तो प्राज्ञिक थलोलाई विज्ञहरुको थिङ्क टयाङ्क बनाएर उनीहरुको विज्ञतालाई शिक्षाको सुधारमा लगाउनु पर्नेमा राज्यले राजनीतिक भागवण्डामा शिक्षामन्त्री, शिक्षण निकायका प्रमुखहरु एवं शिक्षकहरु नियुक्त गर्दै आएकोले शिक्षामा गुणस्तर खस्कँदै गएको हो । राज्यसँग के गर्दा देशका शिक्षालययहरुलाई अब्बल बनाउन सकिन्छ भन्ने प्रष्ट भिजनको अभाव छ । ठोस रुपमा शिक्षा क्षेत्रका कमी कमजोरुहरुको खोज, अनुसन्धान भएको छैन । यस्तो अलमलको वातावरणमा कसरी शिक्षालयहरुको साख बढ्न सक्छ ?

देशको समग्र शिक्षा क्षेत्रलाई जरुक्क उचाल्नको लागि राज्यले देशका उत्कृष्ट शैक्षिक ल्याकत भएका तालिम प्राप्त जनशक्तिलाई शिक्षालयहरुमा शिक्षण पेसामा आवद्द गराउने निति बनाउनु पर्दछ ।

राज्यले शिक्षा आजका अवस्थामा आउनुको पछाडिका कारणहरुको खोजी गर्नु पर्दछ । शिक्षालयहरुमा हुने गरेको शिक्षण सिकाइ कस्तो छ ? विद्यालयका शिक्षकहरुदेखि विश्वविद्यालयका प्राध्यापकहरुको पेशागत मनोविज्ञान कस्तो छ ? शैक्षिक रुपमा उनीहरुको क्षमता एवं शिक्षण सीप कस्तो छ ? सामाजिक प्रतिष्ठामा उनीहरुको स्थान कस्तो छ ? आर्थिक रुपमा उनीहरुको अवस्था कस्तो छ जस्ता बस्तुगत एवं मनोविज्ञानिक पक्षहरुको अध्ययन भएको छ त ? उल्लेखित प्रश्नहरु जवाफको वरिपरी देखिएका समस्याहरु नै झट्ट हेर्दा नदेखिने तर शिक्षाको साख गिराउने वा बढाउने कारक तत्वहरु हुन् ।
राज्यले बनाउने नीति, नियम र संयन्त्र राम्रा र अब्बल शिक्षक जन्माउने र उनीहरूलाई विद्यालयमा हुल्ने विषयमा केन्द्रित हुनुपर्ने हो । तर, यस्तो भइरहेको छैन । त्यसैले भविष्यमा पनि गतिला शिक्षक नजन्मेलान् र जीर्ण बन्दै गइरहेको सार्वजनिक शिक्षा अरू ध्वस्त हुने हो कि भन्ने अबको चिन्ता हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमल घिमिरे
लेखकको बारेमा

कमल घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका साहित्य लेखक हुन्।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?