आजभोलि सामाजिक संजालमा शुभ यात्रा भन्दै माला र खादा लगाएका रुदै गरेका तस्वीरहरुले कब्जा गरेको छ । अर्कोतिर बिदेश पठाउन्छु भनेर देश भित्रै ठगेको, बाहिर पनि अलपत्र र मृत्यु भएका खबर मात्रै आउन्छन् । देश भित्र व्यावसाय बन्द, गाउँघरमा बृद्ध मात्रै, जमिन बाँझो हुँदै गएको, जंगली जनावर घरमै आएर बालीनाली खाएर आक्रमणसम्म गरेको समाचार आउछन् ।
आजको विश्व नवीन विज्ञान र प्रविधिसंग लड्दा हामी हाम्रा सामान्य आधारभूत आवश्यकतासँग लड्दैछौँ । हामी भन्दा धेरै पछि मात्रै अस्तित्वमा आएका देशहरु चरम बिकासको श्रेणीमा हुँदा तिनीहरु भन्दा प्रकृति र सभ्यताले अगाडि रहेका हामी बहुआयामिक सम्भावना हुँदा पनि पछाडि छौँ । टापु, समुद्र, तेल, कृषि एउटा मात्रै हुँदा पनि देश विकसित भएका छन् तर हामीसँग बिश्वको शिखर सगरमाथा र तिलिचोताल, बुद्धको जन्मस्थल लुम्बिनी, हिन्दुको आस्थाको केन्द्र पशुपति, कृषि, जडिबुटी, खनिज र चराले ढुंगामा वृष्टि गर्दा विरुवा उम्रन्छ ।
आज बिदेश जादै गरेका युवाहरूलाई सोध्दा एउटै साझा उत्तर आउंछ, “घर खर्च अहिलेसम्म त राम्रै चलेको छ । छोराछोरी बढ्दैछन्, उनीहरू राम्रोसँग पढे डाक्टर, इन्जिनियर पढ्ने भए र बुवाआमाको अवस्था झन्झन् कम्जोर हुदैछ वहाँहरु उपचार गर्नुपरे पैसा कहाँबाट ल्याउने हाम्रो भएको सम्पत्तिले १ रात उपचार गर्दा सकिन्छ । अहिले त मेरो उमेर छ बिदेश पनि भिसा लाग्छ जब मेरो उमेर ४०/४१ पुग्छ, मलाई कसले लैजान्छ ।” यस्तो भनाइ अधिकांशको आउन्छ त्यहि खोजीमा छन् तर आखिर सपना त हो घरपरिवार गुमाउँदै आफू पनि उतै अस्ताएका घटना धेरै छन् ।
यसरी रुदैरुदै……बाहिर जाने सबैको रहर हुँदैन धेरै बाध्यताले जान्छन् । राज्यले अपराध गरेको छ, समाजवाद उन्मुख संविधान भनेर नि:शुल्क शिक्षा र स्वास्थ्य लेखेर ब्यापार गर्छ । तपाईंसंग कति पैसा छ, यत्ति शिक्षा र स्वास्थ्य किनेर पाइन्छ धनी र गरीबका छोराछोरीले पढ्ने स्कुल छुट्टाछुट्टै छन्, के उनीहरू फरकफरक क्षमता लिएर जन्मेका हुन्छन् र ? व्यक्तिव्यक्तिमा फरक क्षमता हुन्छ तर गरीब धनीमा हुँदैन । सामान्य कर्मचारीले पनि भ्रष्टाचार नगर्ने हो भने शिक्षा र स्वास्थ्य किन्न सक्दैन अझ भुइँ मान्छेको हालत के होला रुराजनीतिक पार्टीले पनि प्रतिपक्षमा हुँदा यस्ता कुरा चर्को सुनिन्छ तर सत्तामा हुँदा सुनेपनि नतिजा आएको छैन ।
आज डिग्री गरेको युवालाई खाडीले लेबरमा लैजान गाह्रो छ यो कतै नबिक्ने कस्तो शिक्षा हो ? नपढेको भन्दा पढेको मान्छे बेरोजगार छन् हाम्रा विधालय बेरोजगार उत्पादन गर्ने कारखाना भएका छन् अझ त्रिवि को त कुरा गरि साध्य छैन ४ वर्षीय कोर्स ६-७ वर्ष लाग्छ विद्यार्थी मानसिक समस्यामा पुग्ने र खर्च धान्न नसक्ने हुन्छ प्रश्नपत्रमा हुने लापरबाही त झन् सबैलाई थाहा छ भारतको प्रश्न लिएर परिक्षा गराउन खोजेको त भर्खरैको उदाहरण छ ।
सूचना-सञ्चार र यात्राले बिश्व एउटै भएको युगमा बिदेश नजाने भन्ने कल्पनासम्म गर्न सकिन्न तर हामीले कस्तो जनशक्ति पठाएका छौँ भन्ने महत्त्वपूर्ण कुरा हो । आज खाडीमा घरमा बेचिने दिदिबहिनीलाई नर्स पठाएर राम्रो सेवा सुबिधा सहित २-४ लाख कमाउने ठाउँमा पठाउन सकिन्थ्यो । त्यसरीनै प्रोफेसर, डाक्टर ,इन्जिनियर ,अर्थसाश्त्री लगायत धेरै जनशक्ति पठाउन सकिन्थ्यो अहिले पछिल्लो समय भुटान, क्युवा लगायत त्यस्तै गर्दैछन् । हामी अदक्ष मानिस पठाएर कम तलव र अपमानजनक व्यबहार भोग्न बाध्य पारेका छौँ ।
यो देशको दुर्दशा रोक्ने हो भने नि:शुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य अनिवार्य हुनुपर्छ । संविधानमा लेख्ने कार्यन्यन नगर्ने राज्य ठग हो । अबको देश कस्तो बनाउने त्यो ऎना शिक्षाले देखाउन्छ, शिक्षा लथालिङ्ग पारेर कुनै देश समृद्धि हुँदैन ,आज शिक्षाका बारेमा कतै गम्भीर छलफल भएको देख्नु भएको छ ? अधिकांश सरहरु राजनीति गर्नुहुन्छ जागिर खाएपछि कहिले पढ्नु हुन्न रु२०-३०वर्ष अगाडि आर्जन गरेको शिक्षा अब आउने युवाको लागि काम लाग्छरु बरु नयाँ कुरा विद्यार्थी सिकाउन्छन । धेरै जस्तो स्थानीय जनप्रतिनिधि ठेक्कदार जस्ता हुनुहुन्छ डोजर र भवन बनाउने यो देशका प्रधानमन्त्री सरकार टिकाउ लाग्छ शिक्षा मन्त्री शिक्षानै नबुझेका कति भए कति ।
अन्त्यमा अहिले बाध्यताले बिदेश जादै गरेका युवाहरूलाई रोक्ने माध्यम भनेको गुणस्तरीय नि:शुल्क शिक्षा र स्वास्थ्य हो। घरपरिवारको शिक्षा र स्वास्थ्य किन्न युवाहरू बिदेशीएका छन् अब अलि राम्रो देश भएका युवाहरू फर्किन गाह्रो छ ।कम्तीमा यो राज्यले यी कुराको ग्यारेन्टी गर्ने हो भने बाध्यताले बाहिर जाने परिपाटीको अन्त्य हुने थियोे तर शासकहरुको अझै चेत खुलेको देखिदैन ।