फैलिदै आँखा पाक्ने रोग

पछिल्लाे समय नेपालका बिभिन्न जिल्लाहरूमा आँखा पाक्ने राेग फैलिरहेकाे छ । देशका बिभिन्न आँखा अस्पतालहरू यतिखेर आँखा पाकेका बिरमीहरूकाे लाइन नै हुने गरेकाे छ । पछिल्लाे समय याे समस्या प्रकोपका रुपमा देखिएको छ । याे समस्या धेरैजसो बालबालिका र युवामा समस्या देखिएको डाक्टरहरू बताउछन् ।

आँखाकाे एलर्जी, आँखा धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा परे पनि आँखा पाक्ने समस्या हुन्छ तर यसकाे मुख्य कारण भने इन्फेक्सन रहेकाे डाक्टरहरू बताउछन् । याे रोगलाई मेडिकल भाषामा ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । चिकित्सककरूका अनुसार आँखा पाक्ने रोग मनसुन नसकिएसम्म जारी रहन सक्छ ।

आँखा रातो हुने, आँखाबाट रगत मिसिएको आँसु बग्ने, आँखामा चिप्रा लाग्ने, आँखा चिलाउने यसका मुख्य लक्षण हुन् । साथै घाँटी दुख्ने, ज्वरो आउने, स्वर भासिने समस्या पनि हुनसक्छ । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । त्यसैले सहरी क्षेत्र तथा बढि भिडभाड हुने क्षेत्रमा संक्रमण दर बढि छ । यसकाे संक्रमण दुई साता सम्म रहन सक्ने चिकित्सकहरू बताउछन् ।

यस राेगले सबैभन्दा बढि प्रभाव विद्यालयमा परेकाे देखिन्छ । याे भाइरसबाट हुने राेग भएका कारण सावधानी नै यसकाे मुख्य उपचार हाे । आँखा पाक्ने राेग सर्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । लापरवबही गरेमा आँखामा जटिल समस्या पनि देखा पर्नसक्छ ।

संक्रमणबाट बच्न संक्रमित व्यक्तिको नजिक नबस्ने, भीडभाडमा नजाने, संक्रमितसँग हात नमिलाउने तथा भिन्नै सामान प्रयोग गर्नुपर्छ । साथै, संक्रमितले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा बेड प्रयोग नगर्ने । औषधि प्रयोग गरेपछि हात धुने र आँखा नछुने तथा चश्माको प्रयोग गर्नुपर्छ ।

हामी आफै पनि सजक हुन जरूरी छ । लापरवाहि गरे भयावह रूपलिन सक्छ त्यसैले संक्रमण दर उच्च भएका स्थानहरूमा केही समय भिडभाड हुन नदिने, विद्यालयहरू केही समयकाे लागि बन्द गर्ने लगायतका उपायहरू अपनाइ यसकाे राेकथाप गर्न जरूरी छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?