back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

फैलिदै आँखा पाक्ने रोग

spot_img

पछिल्लाे समय नेपालका बिभिन्न जिल्लाहरूमा आँखा पाक्ने राेग फैलिरहेकाे छ । देशका बिभिन्न आँखा अस्पतालहरू यतिखेर आँखा पाकेका बिरमीहरूकाे लाइन नै हुने गरेकाे छ । पछिल्लाे समय याे समस्या प्रकोपका रुपमा देखिएको छ । याे समस्या धेरैजसो बालबालिका र युवामा समस्या देखिएको डाक्टरहरू बताउछन् ।

Workplace

आँखाकाे एलर्जी, आँखा धुलोधुवाँको असर, रासायनिक पदार्थहरु आँखामा परे पनि आँखा पाक्ने समस्या हुन्छ तर यसकाे मुख्य कारण भने इन्फेक्सन रहेकाे डाक्टरहरू बताउछन् । याे रोगलाई मेडिकल भाषामा ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । चिकित्सककरूका अनुसार आँखा पाक्ने रोग मनसुन नसकिएसम्म जारी रहन सक्छ ।

आँखा रातो हुने, आँखाबाट रगत मिसिएको आँसु बग्ने, आँखामा चिप्रा लाग्ने, आँखा चिलाउने यसका मुख्य लक्षण हुन् । साथै घाँटी दुख्ने, ज्वरो आउने, स्वर भासिने समस्या पनि हुनसक्छ । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । त्यसैले सहरी क्षेत्र तथा बढि भिडभाड हुने क्षेत्रमा संक्रमण दर बढि छ । यसकाे संक्रमण दुई साता सम्म रहन सक्ने चिकित्सकहरू बताउछन् ।

यस राेगले सबैभन्दा बढि प्रभाव विद्यालयमा परेकाे देखिन्छ । याे भाइरसबाट हुने राेग भएका कारण सावधानी नै यसकाे मुख्य उपचार हाे । आँखा पाक्ने राेग सर्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । लापरवबही गरेमा आँखामा जटिल समस्या पनि देखा पर्नसक्छ ।

संक्रमणबाट बच्न संक्रमित व्यक्तिको नजिक नबस्ने, भीडभाडमा नजाने, संक्रमितसँग हात नमिलाउने तथा भिन्नै सामान प्रयोग गर्नुपर्छ । साथै, संक्रमितले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा बेड प्रयोग नगर्ने । औषधि प्रयोग गरेपछि हात धुने र आँखा नछुने तथा चश्माको प्रयोग गर्नुपर्छ ।

हामी आफै पनि सजक हुन जरूरी छ । लापरवाहि गरे भयावह रूपलिन सक्छ त्यसैले संक्रमण दर उच्च भएका स्थानहरूमा केही समय भिडभाड हुन नदिने, विद्यालयहरू केही समयकाे लागि बन्द गर्ने लगायतका उपायहरू अपनाइ यसकाे राेकथाप गर्न जरूरी छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?