back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

अर्घाखाँचीमा २९ सय पशुमा लगाइयाे लम्पी स्किन विरुद्धको खोप

spot_img

अर्घाखाँची । अर्घाखाँचीमा २९ सय पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

रोगको रोकथाम तथा उपचारको लागि प्रदेश सरकारको समन्वयमा अर्घाखाँची जिल्लामा बिगत केही दिनदेखि पशुमा उक्त प्रकारको खोप लगाउन सुरु गरिएको हो । अर्घाखाँचीमा सन्धिखर्क नगरपालिकामा १४ सय ७७ पशुमा र भुमिकास्थान नगरपालिकामा १ सय ९५ पशुमा र मालारानी गाँउपालिकामा १६८ पशुमा शितगंगा नगरपालिकमा ६ सय ९४ र पाणिनी गाँउपालिकामा ३ सय पशुमा गरी २८३४ वटा पशुमा खोप लगाइएको छ ।छत्रदेव गाँउपालिकाले आफ्नै समन्वयमा गाँउपालिकाले खोप लगाएको छ ।

अर्घाखाँची जिल्लामा पछिल्लो समय पशुमा लम्पी स्किन डढेलोसरी फैलिएता पनि हाल नियन्त्रणमा आएको भेटनरी अस्पताल तथा पशु सेबा विज्ञ केन्द्र अर्घाखाँचीले जनाएको छ । जिल्लाको सन्धिखर्क नगरपालिकामा ६४५, भुमिकास्थान नगरपालिकामा १२ सय ६५ पशुमा र शितगंगा नगरपालिकामा ३ हजार , छत्रदेव गाँउपालिकामा ४ सय १६ पशुमा र मालारानी गाँउपालिकामा ५ सय ६५ पशुमा र पाणिनी गाँउपालिकामा १२ सय गरी ७ हजार ९१ पशुमा संक्रमण देखिएकोमा २ सय १६ पशुको मुत्यु भएको पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले जनाएको छ ।

विज्ञ केन्द्रका अनुसार सन्धिखर्क नगरपालिकामा ४४ वटा पशु र भुमिकास्थान नगरपालिकामा २८ वटा पशु , शितगंगा नगरपालिकामा ३० छत्रदेव गाँउपालिकामा ५ मालारानी गाँउपालिकामा ३६ र पाणिनी गाँउपालिकामा ७३ वटा पशु गरी २१६ वटा पशु मरेको विज्ञ केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए ।पौडेलले भने,“लम्पी नयाँ रोग हो रोगको संक्रमण नियन्त्रण गर्न आवश्यक खोप समेत लगाइएको छ ।”लम्पीको संक्रमण देखिएपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने, खुट्टा सुनिने गर्छ । दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने उनको भनाई थियो । भेटेरेनरी अस्पतालले पशु चौपायामा पूर्ण खोप अभियान चलाएर रोग नियन्त्रणमा आएको बताउदै लम्पी स्किन सरुवा रोग भएको बताए ।

संक्रमित पशुलाई माखा वा लामखुट्टेले टोकेर अन्य पशुलाई टोके लम्पी स्किन सर्छ।लम्पी लागेपछि उपचार नपाए चौपाया बढीमा १५ दिनभित्र मर्ने उनले बताए । पशु प्राविधिक योगेन्द्र मरासिनीका अनुसार पशुमा देखिएको यो एकप्रकारको भाइरस हो। जुन सरुवा रोग हो। यो रोग भैंसी भन्दा पनि गाईगोरुमा बढी देखिन्छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?