भूकम्पमा परेकाहरूको उद्धार कार्य करिब सकियो, मृत्यु हुनेको संख्या १३८: प्रहरी

जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा परेकाहरूको उद्धारकार्य करिब सकिएको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईका अनुसार  भूकम्पमा परेका मानिसहरूको उद्धारकार्य अपराह्नसम्म करिब सकिएको हो।

‘अब केही घरहरू मात्रै बाँकी छन्, उद्धारकार्य करिब सकिएको छ’ उनले भने। एसएसपी भट्टराईका अनुसार मृत्यु हुनेको संख्या दुबै जिल्लामा गरी १३८ पुगेको छ।

जाजरकोटमा मात्रै १०० जनाको मृत्यु भएको र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको उनले बताएका छन्। रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले दुईचार घरमा उद्धार कार्य बाँकी रहेकाले मृतकको संख्या केही बढ्न सक्ने बताएका छन्।

अहिलेसम्म मृत्यु भएका ३८ जनाको सनाखत भइसकेको पनि उनले बताए। दुबै जिल्लामा गम्भीर र सामान्य गरी कम्तिमा डेढ सय जना घाइते भएका छन्। तीमध्ये ३० देखि ३५ जना गम्भीर घाइते छन्। गम्भीर घाइतेमध्ये २७ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। अन्यको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केही घाइतेहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेको एसएसपी भट्टराईले जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?