back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन

spot_img

काठमाडौं । मिथिलाञ्चल मूल थलो भएकाहरूले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरेका छन्।

पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। यसअघि आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए।

छठका व्रतालुले कार्तिक शुक्ल  षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। यसलाई व्रतालुको भाषामा पारन भनिन्छ।

छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ। विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?