back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा, प्रतिनिधिविहीन अर्घाखाँची

spot_img

बुटवल । सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । 

गत वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो । यसबीचमा धेरै राजनैतिक घटनाक्रमहरू भए । गएको वर्षको चुनावमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए । कांग्रेस माओवादी लगायतका दलहरूले गठबन्धन गरेर चुनावमा होमिएका थिए । 

अर्घाखाँचीमा पनि नेपाली कांग्रेस, माओवादी, जनमोर्चा, एकीकृत समाजवादी लगायतका दलहरूले गठबन्धन गरी नेकपा एमाले विरुद्ध चुनावी मैदानमा होमिए तर नेकपा एमालेका सामु गठबन्धनको केही सीप चलेन । फलस्वरुप नेकपा एमालेका उम्मेद्वार टोपबहादुर रायमाझी बिजयी भए । 

निर्वाचित भएको करिव ५ महिना मै टोपबहादुर रायमाझी विरुद्ध नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा संलग्न रहेको आरोपमा २०८० वैशाख २० गते पक्राउ पुर्जी जारी भयो । जतिबेला उनी  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । अर्घाखाँचीका सञ्चारकर्मीहरूसँग प्रतिकृया दिँदै आरोप झुटो भएको र अनुसन्धानमा प्रहरीलाई सघाउने भन्दै काठमाडौँका लागि हिँडेका रायमाझी बुटवलबाट फरार भए । अर्घाखाँचीको कार्यक्रम सकेर २० गते साँझ नै भैरहवा हुँदै बुद्ध एयरको उडानबाट काठमाडौं जाने तयारी गरेका रायमाझीले बुटवल झरेपछि अन्तिम समयमा टिकट रद्द गरे र आफूसँगै गएका चालकलाई गाडी काठमाडौं लैजान निर्देशन दिएर फरार भए ।

संविधानको धारा ८९ (घ) मा कुनै सांसद सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पदबाट मुक्त हुने व्यवस्था रहेको जानकार रायमाझीले २०८० वैशाख २७ गते संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाए । 

फरार रहेका रायमाझीको खोजी कार्य जारी रहँदा उनी २०८० वैशाख ३१ गते साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ परे ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जेठ ८ मा राज्यविरुद्ध अपराधसहित ३ कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो । त्यसको २ दिनपछि जेठ १० मा सरकारी वकिल कार्यालयले प्रहरीले दिएको रायबाहेक कीर्तेको थप दफा लगाएर ३० जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गर्यो । 

रायमाझी सहित पक्राउ परेकाहरूलाई चारवटा कसुरमा २८ करोड ८१ लाख रुपैयाँ बिगो, ठगिएको रकम फिर्ता र कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको थियो । मुद्दा दायर भएको २ दिनपछि जेठ १२ बाट अदालतले अभियुक्तहरूसँग थुनछेक बहस अघिको बयान लिएको थियो । जेठ १९ मा बयान टुंग्याएकोमा त्यसको दुई दिनपछि २१ गतेबाट थुनछेक बहसका लागि इजलास बसेको थियो । त्यसको भोलिपल्ट २२ गतेबाट ३ दिनसम्म सरकारी वकिलले मुद्दाको पक्षमा बहस गरेकामा भोलिपल्टदेखि प्रतिवादीतर्फको कानुन व्यवसायीहरूले बहस गरेका थिए । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस जेठ ३२ गते टुंगिएको थियो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका रायमाझी सहितका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले २०८० असार १ आदेश दियो । टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा गएसँगै प्रतिनिधिसभा नियमावलीको नियम २४८(३) अनुसार उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भयो ।

हालसम्म मुद्दा किनारा नलाग्दा यतिबेला अर्घाखाँची प्रतिनिधि सदस्य विहीन बनेको छ । यदि अदालतले उनलाई सफाई दिएमा वा थुनामुक्त गरेमा उनको निलम्बन फुकुवा हुने व्यवस्था छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?