करीव १ बर्ष अगाडी जिल्ला अस्पताल अर्घाखाँची आउनु भएका डा. अशोक शाह जिल्लाबासीको मनमुटुमा बस्न सफल हुनुभएको छ । सेबा प्रबाहलाई महत्वपुर्ण ठान्ने डा. शाह दिनमात्र नभई २४ सै घण्टा जनताको सेबामा तल्लिन हुनुहुन्छ । उनै डा. शाहसँग समाचारपोष्ट इपेपरका लागि प्रधानसम्पादक भिम विश्वकर्माले गरेको कुराकानीको सम्पादित कुराकानी
१) चिसो मौसम छ, जिल्ला अस्पतालमा बिरामिको चाप कस्तो छ ?
–अहिलेको समय र वातावरण परिवर्तन भएको हुनाले वालवालिकामा चिसोले गर्दा खोकी, ज्वरो, पातलो दिसा समस्याका बिरामी आउछन । धेरैजसो घाटीको इन्फेक्सन, टाउको दुखाइ, दम बढ्ने, बाथ रोग, जोर्नीको दुखाइ भएका बिरामी बटेका छन् ।
२) अर्घाखाँची अस्पतालमा कस्ता समस्याका बिरामी आउने गरेक छन् ?
अर्घाखाँची अस्पतालमा सबै किसिमका बिरामीहरू आउछन । धेरैजसो दम, प्रेसर, सुगर, बाथ, थाइराइड, टाउको दुखाइ, माइग्रेन, निमोनिया जस्ता बिरमी आउँछन् । सुत्केरी जाँच, ब्रोनकाइटिस लगायतका बिरामी आउने गरेकाछन् ।
३) तपाईको सेवा प्रवाहको चर्चा बाहिर निकै हुने गरेको छ, अस्पतालको बिस्वस्नियता पनि बढेको र बिरामिको चाप पनि भन्ने सुनिन्छ, तपाईंप्रती बिरामिको आकर्षण हुनुको कारण ?
अब कुनै पनि बिरामीको समस्या वुझ्ने, उपयुक्त सल्लाह र उपचार गर्नु, सकेसम्म विरामीलाई उहाँको रोग बुझाएर र उचित सल्लाह दिनु नै कारण हुन सक्छ ।
४) प्रायः डाक्टरहरु निजि क्लिनिक तिर गएर सरकारी अस्पतालका बिरामिलाई समय दिदैनन तपाईं को के छ ?
म निजी क्लिनिक गरिदन किनकि मलाइ सरकारले जिल्ला अस्पताल अर्घाखाँचीमा सेवा दिन पठाएको हो । म यहीँ आउने हरेक बिरामीसँग सेबा दिएर उपचारमा रमाउदा खुसी छु ।
५) समग्रमा आफ्नो सेवा प्रवाहबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सके जाते सेवा दिदा खुसी नै छु । अझै सेवा गर्न पाउँ जस्तो लागछ ।
६) चिसो मा प्रायः दमका बिरामी बढी प्रभावित हुन्छन्, त्यस्ता बिरामिलाई चिसोबाट कसरी बचाउने ?
दमको विरामी चिसोका कारण चिसोले वढ्छन् । यसवाट वाच्न चिसोबाट वाच्नु पर्छ । पर्याप्त मात्रामा तातो तातो खाने कुरा खाने, लुगा नियमितभन्दा बढी नै लगाउने, हावा सुख्खा भएको कारणले तातो पानीको वाफ लिने, नियमित भन्दा अलि चाडो अस्पताल आएर सल्लाह लिने र डाक्टर संग परामर्श गर्नु पर्दछ ।
७) निमोनिया के हो ? यसका लक्षण, कारण, घरमा बचाउका उपाय, कसलाई बढि खतरा हुन्छ?, उपचार के हुन्छ ?
निमोनिया ः कुनै पनि कारणले ९ब्याक्टेरीय, भाइरस, फङ्गस० ले फोक्सोमा संक्रमण हुनु नै निमोनिया हो । यो एउटा वा दुवै फोक्सोमा इन्फेक्सन हुन सक्छ ।
लक्षणः
खोकी वा सास फेर्न कठिनाई हुनु
→ सासको दर वढ्नु
→कोखा हान्नु
→घाँटीबाट घ्यारघ्यार आवाज आउनु
→जरो आउनु
→ बच्चाले दुध नखानु
निमोनियाबाट कसलाई बढी खतरा ?
ख्याल गर्नैपर्ने कुरा के हो भने निमोनिया जोकोहीलाई पनि हुन सक्छ । तर पनि विशेषतः निम्न समूहका मानिसहरुलाई निमोनिया संक्रमणको खतरा बढी रहने गर्छ:
–भरखरै जन्मेदेखि २ वर्षसममका शिशु
–६५ वर्ष वा त्योभन्दा बढी उमेर समूहका मानिस
–कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्ति । यस समूहमा विभिन्न रोगहरु भएका तथा स्टेरोइड तथा क्यान्सरका केही औषधीहरु सेवन गरिरहेका व्यक्तिहरु समेत पर्दछन् ।
–दम, डाइबिटिज, मुटुरोग जस्ता समस्या भएका व्यक्तिहरु
–मौसमी फ्लु वा चिसोका कारण हालसालै श्वासप्रश्वास प्रणालीमा संक्रमण भएका व्यक्तिहरु
–हृदयघात भएका, खानेकुराहरु निल्न समस्या भएका तथा हिँड्डुल गर्न असमर्थ व्यक्तिहरु
–धूमपान गर्ने, लागू औषध सेवन गर्ने तथा जड्याहा–रक्स्याहा व्यक्तिहरु
–लामो समयसम्म फोक्सो वा श्वासप्रश्वासप्रणालीमा असर गर्ने वातावरण –प्रदूषण, रसायन, रंगरोगन आदि)मा काम गर्नुपर्ने व्यक्तिहरु
घरमा गरिने उपचार
रोगका जटीलताका आधारमा चिकित्सकले एस्प्रिन, पीडानाशक औषधी, खोकीका औषधी, ज्वरोका औषधीहरु दिन सक्छन् । कतिपय अवस्थामा निमोनियामा खोकीले फोक्सोको पानी बाहिर निकाल्न सहयोग गर्ने भएकोले चिकित्सकले खोकीलाई पूरै निको नपार्ने रणनीति पनि लिन सक्छ ।
त्यसबाहेक, घरमा बसेर उपचार गर्दा प्रशस्त आराम गर्ने, शरीरलाई न्यानो राख्ने, प्रशस्त मात्रामा झोलिलो पर्दाथको सेवन गर्ने, फोक्साको व्यायामहरु गर्ने गर्दा पनि धेरै फाइदा पुग्छ ।
निमोनियाको उपचार
निमोनियाका उपचार त्यसको कारण र किसिम, त्यसको गम्भीरता र संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थामा भर पर्दछ । समस्याको मूल कारणको पहिचान तथा विरामीको स्वास्थ्य अवस्थाको आँकलनको आधारमा चिकित्सकले औषधी सिफारिश गर्न सक्छन् । सामान्यतः व्याक्टेरियाका कारण हुने निमोनियामा खाने एन्टिबायोटिक चलाइने गरिन्छ । चिकित्सकले सिफारिश गरेको औषधीको पूरै मात्रा सेवन गर्नुपर्छ । बीचमा आफूलाई निको भएको महसूस गरेर औषधी खान रोक्नु हुँदैन । त्यसरी बीचैमा औषधी छाड्ने गरियो भने पछि रोग बल्झिएर समस्या झनै गम्भीर हुन सक्छ र उपचार गर्न झनै कठिन हुने स्थिति आउन सक्छ ।
भाइरसका कारण हुने निमोनियामा भने एन्टिबायोटिक औषधीहरुले काम नै गर्दैन । तर कतिपय भाइरल निमोनियामा चिकित्सकले एन्टिभाइरल औषधीहरु दिन सक्छन् । अधिकांश भाइरल निमोनियाहरु औषधीबिना नै हाम्रो शरीरको रोग प्रतिरोधी क्षमताले लडेर केही समयमा आफैं निको हुने गर्छ ।
ढुसीका कारण भएको निमोनियामा एन्टिफंगल औषधीहरु चलाइने गरिन्छ । यस्तो समस्यामा संक्रमणलाई पूरै निको हटाउनका लागि थुप्रै हप्ता औषधी सेवन गर्नुपर्ने हुन सक्छ ।
८) अन्त्यमा के भन्नुहुन्छ ?
कुनै पनि मानसिक, शारिरीक समस्या छभने सामान्य हुदा समयमै आएर सलाह गर्नुस, कुनै पनि समस्याको समयमा उपचार गराउँदा राम्रो हुन्छ । अर्घाखाचीका जनताले उपचार गर्ने मौका दिनुभएकोछ, आभारी छु । अझै सेवा दिने अवसर पाउनेछु भन्ने आसा गरेको छु ।