कर्णाली प्रदेशसभाको ६ वर्ष : सुस्त र कमजोर कार्यसम्पादन

२३ माघ, सुर्खेत । ६ वर्षअघि सबैभन्दा पहिले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी टुंग्याएर प्रशंसा पाएको कर्णाली प्रदेशसभा त्यसयता भने सकारात्मक भूमिकाका कारण चर्चामा आउन सकेको छैन । २१ माघ २०७४ मा बसेको पहिलो बैठकले सर्वसम्मत रुपमा प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई तोकेको थियो ।

त्यतिबेला सत्तापक्ष र विपक्षी दलका नेताले प्रदेशसभाको रोष्ट्रममा उभिएर ‘कर्णालीको विपक्षी, यहाँको रोग, भोग र गरिबी हो’ भन्दै यसका विरुद्ध एक भई लड्ने उद्घोष गरेका थिए ।

प्रदेश सभाको सुरुवाती परिदृष्यले कर्णालीबासीमा उत्साह थपेको थियो । केन्द्र सरकारको नजर नपरिरहेको कर्णालीमा नजिकै प्रदेश सरकार आएपछि यहाँका बासिन्दाले आफूहरुको विकासको चाहना पूरा हुने आशा गरेका थिए । तर प्रदेशमा पनि केन्द्रमा जस्तै सत्ता राजनीतिको फोहोरी खेल हुन थालेपछि यहाँका जनता निराश भएका राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन् । ‘नयाँ संरचनाबाट केही परिवर्तन हुने आस गरेका जनतामा थप निराशा पैदा हुन थाल्यो’, ढकाल भन्छन् ।

कानुन निर्माण गर्ने, जनसरोकारका विषय उठाएर प्रदेश सरकारलाई झकझक्याउने मुख्य जिम्मेवारी रहेको कर्णाली प्रदेशसभा मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाजस्तो बन्यो ।

प्रदेश सभाले हालसम्म ५७ वटा कानुन निर्माण गरेको छ । पहिलो पाँच वर्षे कार्यकालमा ५३ वटा ऐन निर्माण गरेको प्रदेश सभाले दोस्रो कार्यकालको एक वर्षमा बजेटसँग सम्बन्धित दुईवटासहित चार वटा मात्र कानुन बनाएको छ ।

‘केन्द्रमा झै प्रदेशमा पनि सत्ता राजनीतिको फोहोरी खेल देखिन थाल्यो । विगत ६ वर्षमा नेताहरु सत्तामुुखी मात्रै भए, यो बीचमा प्रदेश सरकारले आफ्नै लागि आवश्यक पर्ने कानुन समेत बनाउन सकेन’, ढकालले अनलाइनखबरसंग भने ।

प्रदेशसभाको अधिवेशन बोलाउने र अन्त्यको सिफारिस गर्ने अधिकार प्रदेश सरकारलाई छ । त्यस्तै प्रदेशसभा बैठकका लागि विषय दिने अर्थात बिजनेस दिने पनि प्रदेश सरकारले नै हो । प्रदेशसभाले काम गर्न नसक्नुमा प्रदेश सरकारको पनि महत्वपूर्ण भूमिका हुन्छ । कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भने सरकारले आवश्यकता अनुुसार संसदलाई बिजनेस दिएको दाबी गर्छन् ।

सदनमा उठेका सवाल र संसदीय समितिले दिएका निर्देशनहरु पनि सरकारले कार्यान्वयन गरेको मन्त्री जिसीको दावी छ । प्रदेशसभा सचिवालयका अनुसार २०७९ मंसिरको चुनावपछि गठन भएको प्रदेशसभाको पहिलो अधिवेशनमा ०७९ पुस १० देखि ०८० वैशाख १७ सम्म १५ वटा बैठक बसेको थियो । त्यस्तै ०८० जेठ १० देखि असोज २२ सम्म भएको दोस्रो अधिवेशनमा ३९ वटा बैठक बसेको थियो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
महेश भुसाल
लेखकको बारेमा

महेश भुसाल

भुसाल समाचारपाेष्ट डटकमका सूचना प्रविधि विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?