back to top
२० असोज २०८१, आइतवार
IPL 2024
IPL 2024
२० असोज २०८१, आइतवार
IPL 2024
spot_img

गुल्मीमा २० वर्षपछि पुनः खाद्य डिपो स्थापना

Workplace

गुल्मी । गुल्मीमा बन्द भएको २० वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा स्थापना गरीएको छ ।

Workplace

गुल्मीका चार स्थानीय तहमा खाद्यको डिपो सञ्चालन गरिएको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाको हाटबजार, मदाने गाउँपालिकाको बाँझकटेरी, मालिका गाउँपालिकाको अर्खाबाङ र रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा खाद्य डिपो स्थापना भएर सञ्चालनमा आएका हुन् ।

माघ १७ गते देखि औपचारीक रुपमा बिक्रि सुरुगरेको कम्पनीले चारवटा डिपो मार्फत मोटा,सावा र जिरामसिनो गरी आठसय पचास क्विन्टल चामल बिक्रि भईसकेको छ । बिक्रि कम्पनीले डिलरलाई २५ र जिल्ला कारागारलाइ ६० क्विन्टल बिक्रि गरीएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेयले जानकारी दिइन् ।

खाद्य सुरक्षाको सुनिश्चितता योगदान दिने, खाद्यान्नको अभावमा जीवन जोखिमको न्यूनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्न अभाव हुन नदिने उद्देश्यले खाद्य डिपो स्थापना गरिएको शाखा प्रमुख पाण्डेयकाे भनाइ छ ।

चामलसहित दाल, नुन, तेल, चिनी लगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गर्ने लक्ष रहेको कम्पनीबाट अहिले तीन प्रकारका चामल सुपथ दरमा बिक्रि भइरहेको पाण्डेयले बताइन् । सावा, मोटा र जिरामसिनो चामल बिक्रि गरीरहेको डिपोले अन्य खाद्यान्न सामाग्रि छिट्टै उपलब्ध गराउने गरी काम अगाडि बढाइएको उनले जानकारी गराइन् ।

सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गरीरहेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथमुल्य पसल सञ्चालन गर्दै आइरहेको छ । यसका साथै अन्य स्थानीय तहहरूबाट डिपो सञ्चालनका लागि माग आएमा कम्पनीसँग समन्वय गर्ने पाण्डेले बताइन् । मूल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पु¥याउने कम्पनीको उद्देश्य रहेकाले खरिद बिक्रीको काम डिपोबाट हुनेछ ।

बिस्तारै गाउँको रैथाने बाली खरिद गरेर बिक्री तथा प्रवर्द्धन पनि गर्ने आफूहरूको योजना रहेको उनले बताइन् । नजिकको डिपोबाट एक जनाले एक क्विन्टलसम्म खाद्यान्न खरिद गर्न पाउने व्यवस्था छ ।

गाउँको रैथाने बालीको खरिद तथा प्रवर्द्धन गर्ने गरी आफूहरूले योजना बनाएको र यहाँको उत्पादन निर्यात गर्ने गरी आफूहरू लागेको मालिका गाउँपालिका अध्यक्ष देबिराम अर्यालले बताए । मालिकाले गत वर्षदेखिनै आलुको ब्रान्डिङ र बजारीकरण सुरु गरेको छ ।

२०६० सालमा यस जिल्लाबाट शाखा कार्यालय र डिपो बन्द गरिएको थियो । शाखा कार्यालय बन्द भएको २० वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा स्थापना भएको हो । हाल थप परिस्कृत सेवा सहित शाखा कार्याल पुनःस्थापित भएको छ । बिक्रि केन्द्रबाट एकजनाले एक क्विन्टलसम्म खाद्यान्न खरीद गर्न सक्नेछन् ।

जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणको सुनिश्चितताका लागि सबै डिपोहरूबाट व्यवस्थापन हुने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरी प्रक्रिया अगाडि बढाएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

घरदैलोमै डिपो खुलेर सस्तोमा खाद्यान्न पाएकोमा निकै खुसी लागेको मालिका गाउँपालिका ४ का भेषबहादुर केसीले बताए । आफ्ना उत्पादन समेत खाद्यले खरीद गर्ने भएपछि आफुहरु थप उत्साहित भएको उनको भनाइ छ । गाउँमा सस्तो मूल्यमा खाद्यान्न सामग्री पाइने भएपछि स्थानीय उत्साहित भएका छन् ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?