स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्दै लैजान्छाै : बाेर्ड सदस्य डा. श्रेष्ठ

अर्घाखाँची । नेपाल स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्ति श्रेष्ठले स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्दै लैजाने बताएका छन् । स्वास्थ्य बीमाको बारेमा पूर्ण रुपमा जानकारी नहुँदा सबै मानिसहरु जोडिन नसकेको उनको भनाइ छ ।

अर्घाखाँचीको सन्धिखर्कमा भएको कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य डा. श्रेष्ठले बीमा गरेपछि एक लाख रुपैयाँ खर्च गर्नैपर्छ भन्ने मान्यताका कारण अनावश्यक रुपमा चेक गर्ने प्रवृत्ति बढेको पनि बताए ।

उनले राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले गएको माघ १ गतेदेखि लागू हुने गरी बिमा उपचार खर्चमा बिमितबाटै १० प्रतिशत रकम तिर्नुपर्ने गरी नीति लिएको र अहिले यो नियम १५ बेड माथिका अस्पतालमा मात्र लागू भएको जानकारी दिए ।

१५ शय्यामुनिका अस्पतालमा सबै निःशुल्क हुने गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत वार्षिक ३५ सय तिरेबापत एउटा परिवारले एक लाख रुपैयाँ बराबरको सुविधा पाउँछन् । तर नयाँ नीति अनुसार उपचार गरेको कुल खर्चमध्ये १० प्रतिशत बिमितले तत्कालै सम्बन्धित स्वास्थ्य संस्थामा तिर्नुपर्नेछ ।

बिरामी र स्वास्थ्यकर्मी दुवैले अनावश्यक परीक्षण गराइ बीमाको रकम सक्ने गरेको अवस्था भएपछि बोर्डले नयाँ निर्णय लिन बाध्य भएको स्वास्थ्य बिमा बोर्डका सदस्य डा. श्रेष्ठले बताए ।

स्वास्थ्य बिमा कार्यक्रमले अति विपन्न तथा अपांगताहरूको हकमा बिमा शुल्क तिर्ने गरी व्यवस्था छ । बीमा बापतको रकम कुनै रोग विशेषलाई नभइ साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ ।

ओपीडी सेवा, ल्याब, भर्ना, औषधिदेखि लिएर फार्मेसी परामर्शलगायत सेवा पाउन सकिन्छ । ५ जनाभन्दा धेरै सदस्य रहेको हकमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक एक लाखमा उपचार हुन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?