वाली जोगाउन वैकल्पिक खेतीको थालनी

सन्धिखर्क        खाद्य बाली लगाउदा बाँदरले सताउन थालेपछि सन्धिखर्कका किसानले वैकल्पिक खेतीको शुरूवात गरेका छन् । परम्परागत बाली लगाउदा बादर जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती र कफि खेती गर्न थालेका हुन् । बादर,बदेल,राते जस्ता जङ्गली जनावर बाट अन्नबाली जोगाउन नसकेपछि वैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ ।
यसअघि मकै, गहुँ, जस्ता अन्न तथा फलफूल लगाइने ठाउँमा किसानले अहिले कागती ,कफि,अम्रिसो रोप्न सुरु गरेका हुन् । जङ्गली जनावर बाट अन्नबाली जोगाउन मुस्किल हुन थालेपछि सन्धिखर्क –१० धरम्पानीका किसानको बाँझै रहने अवस्थाको ९० रोपनी खेतीयोग्य जग्गामा ९ हजार कफिका बिरुवा लगाइएको स्थानीय कृषक भविश्वर भुसालले बताउनुभयो ।
त्यस्तै सन्धिखर्क–२ भलायडाँडाका किसानको ६५ रोपनी खेतीयोग्य जग्गामा २ हजार कागती र करिब ५० रोपनी जमिनमा ५ हजारबढि कफिका बिरुवा लगाइएको स्थानीय गोबिन्द प्रसाद पोख्रेलको भनाई रहेको छ ।
सन्धिखर्क नगरपालिकाको सहयोगमा कृषकलाइ वैकल्पिक खेतीतर्फ आकर्षण गर्न र जङ्गली जनावर बाट हुने क्षति कम गर्न कफि तथा कागतीका बिरुवा,प्राङ्गारीक मल बितरण गरीएको सन्धिखर्क नगरपालिका कृषी शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिनुभयो ।


त्यस्तै कृषकको मागका आधारमा ४० प्रतिशत अनुदानमा लिची,कागती,सुन्तला,मौसमका ४५ सय बिरुवा बितरण गरीएको भट्टराइले जानकारी दिनुभयो ।
‘बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक कागती,कफि खेती शुरू गरीएको छ,’ स्थानीय अगुवा कृषक रामजी मरासिनीले भन्नुभयो, मकै, कोदो, गहुँ जस्ता अन्नबाली र दलहन तथा अन्य नगदेबाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।
वनक्षेत्रमा बाँदर भुल्ने र उसले खाने चिज केहि नभएको, बाँदर धपाउने मान्छे पनि गाउँमा प्रयाप्त नभएपछि बारीमा बाँदरबाट अन्नबाली जोगाउन कठिन पर्ने हुँदा कागती र कफि खेती शुरू गरिएको कृषकको भनाई रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?