गन्दर्भले गाउँछन् वन डढेलो रोकथामको गित

दाङ घर भएका हेमराज र जनक गन्दर्भ दुवै जना सारङ्गी रेट्छन । मादल बजाउछन । अनि लय हालेर गित गाउछन । अचेल दुवै जनाले गाउँने गितको लय हुही छ मात्र शब्द फरक छन् । पिर वेथाका गित बोकेर गाउँ घर पस्ने गन्दर्भ यतिबेला सन्देश फैलाउने गितमा स्वर भर्न र लय मिलाउन व्यस्त छन् । अव डढेलो लाग्ने समय सुरु हुदैछ । चैत, बैशाख, जेठ यि तिन महिना सुख्खा समय बढी हुने भएकाले वन जंगल डढेलोले सखाप हुने गर्छन् । डढेलो लगाउने काम मान्छेबाटै हुन्छ । ति मान्छेलाई नेता र कर्मचारीको भाषण भन्दा गितको माध्यमबाट आकर्षीत गर्न सकिन्छ भन्ने बुझाइका कारण पछिल्ला बर्ष गन्दर्भलाई सन्देश बाहकको रुपमा प्रयोग गर्न थालिएको छ । एउटा शब्दबाट पनि धेरै कुरा बुझ्न सकिने भएकाले गन्दर्भको कलालाई अभियानमा जोडिएको हो । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले हरेक बर्ष मनाउने डढेलो सप्ताहमा गन्दर्भ समुदायको कला संस्कृति संग सन्देशलाई जोड्ने गरिएको छ ।

लुम्बिनी प्रदेशमा वन डढेलो सप्ताको आयोजना गरेर जनस्तरमा यस प्रकारको सचेतना पु¥याउने काम गरिएको हो । वन तथा वातावरण मन्त्रालयका अनुसार ९९ प्रतिशत वन डढेलो लाग्नुमा मानवीय त्रुटी र एक प्रतिशत मात्रै प्राकृतिक रुपमा डढेलो लाग्ने देखिएको छ । डढेलो लाग्न नदिन समुदाय परिचालनमा ध्यान दिइएको वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव प्रभात साप्तकोटाले बताए ।

वन तथा वातावरण मन्त्री देवकरण कलवारले वन क्षेत्रमा आगलागी हुन नदिन समुदायको सहभागिता अनिवार्य रहेको र वन क्षेत्रमा आगो लगाउने व्यक्तिको पहिचान गरेर निरुत्साहित गर्न आग्रह गरे ।‘वन डढेलो लाग्नै नदिनेगरी तयारी गर्नुपर्छ । यो काम सरकारको एक्लो प्रयासले मात्रै सम्भव छैन् । यसमा समुदायको पूर्ण साथ चाहिन्छ’उनले भने,‘डढेलो नियन्त्रणबाटनै स्वच्छ वातावरण तयार पार्न सकिन्छ ।’ डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले वनमा डढेलो लगाउनेलाई मायाँ गर्न जरुरी नरहेको बताउछन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजीत थारु, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगर पालिकाका प्रमुख जोगराज चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला प्रवक्ता तिर्थराज ज्ञवाली लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरे ।

वनजंगलमा आगजनी गर्ने तथा डढेलो लगाउने कार्यलाई कानुनले गम्भीर अपराध मानेको छ । वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, र मुलुकी अपराध ९संहिता० ऐन २०७४ ले वन, वनस्पति, संरक्षित क्षेत्र तथा सार्वजनिक सम्पत्तिमा आगो लगाउने कार्यलाई दण्डनीय अपराध ठहर गरेको छ ।

वन ऐन २०७६ अनुसार, राष्ट्रिय वन क्षेत्रमा आगो लगाउने वा आगजनी हुन जाने कुनै पनि कार्य गरेमा उक्त क्षतिको सम्पूर्ण विगो असुल गरिनुका साथै तीन वर्षसम्मको कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?