वर्षेनि ४ सय बढिले छाड्छन पाणिनि, पालिकाको काम सिफारिस दिने मात्रै

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाबाट वर्षेनि झन्डै ४ सय बढिले स्थायी बसोबास छाडेर अन्यत्र बसाइँसराइ गर्ने गरेका छन्।

गाउँपालिकाको तथ्याङ्कअनुसार २०८० सालको बैशाखदेखि चैत मसान्तसम्म १३१ परिवारका ४४२ जना गाउँ छाडेका छन् भने सोही अवधिमा बसाइँसराइ गरेर आएका परिवारको सङ्ख्या मात्र ३३ र व्यक्तिहरूको सङ्ख्या ८४ छ । २०८१ सालको बैशाखदेखि फागुन मसान्तसम्म पनि यही प्रवृत्ति दोहोरिएको देखिन्छ । यस अवधिमा १२० परिवारका ४२७ जना गाउँ छाडेका छन् भने बाहिरबाट आएका भने १५ परिवारका मात्र ३७ जना रहेका छन् । 

गाउँपालिकाले प्रत्येक वर्ष सयौं नागरिकलाई बसाइँसराइका लागि सिफारिस दिने गरेको छ । तर, पालिकाले बसाइँसराइ रोक्न प्रभावकारी योजना ल्याउन सकेको छैन । अधिकांश युवा विदेशतिर आकर्षित हुने गरेका छन् भने केही स्थानीयहरु सहरी क्षेत्रमा राम्रो अवसर खोज्दै जाने गरेका छन् ।

स्थानीय विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा र विशेष गरी रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य अवसरको खोजीमा बसाइँसराइ दर बढ्दै गएको स्थानीयबासीको भनाइ छ। आधारभूत पूर्वाधार, स्वास्थ्य सेवा, र रोजगारीका अवसरहरू अभाव हुँदा पाणिनी गाउँपालिका जनसंख्या घट्दै जाने जोखिममा रहेको छ।

पालिकाका अनुसार गाउँमै रोजगारी सिर्जना गर्न कृषिमा आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र लघु उद्योग विकासका कार्यक्रम अघि बढाइएकाे छ। तर, हालसम्म त्यस्ता योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्।

स्थानीय निकायहरूले यस विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । पाणिनी गाउँपालिकाले रोजगारीका अवसर सिर्जना गर्न, पूर्वाधार विकासमा जोड दिन र स्थानीयस्तरमै सेवा-सुविधा विस्तार गर्न सकेमा बसाइँसराइलाई न्यूनीकरण गर्न सकिने सरोकारवालाहरू बताउँछन् । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?