ऐरावती गाँउपालिका वार्ड नं. २ निवासी गोमा गुरुङ विहानै देखि काममा व्यस्त हुनुहुन्छ ।
खोरमा रहेका बाख्रा लाई दाना पानी र स्याहार गर्नमा उहालाई भ्याईनभ्याई छ । स्थानीय समुदायमा गठन भएको स्वाबलम्बी समुहमा आबद्ध भएर बाख्रा पालन सम्बन्धी ज्ञान सिप पाएपछि व्यबसायिक रुपमै बाख्रा पाल्न थालेको गोमाले सुनाउनुभयो ।
उहा भन्नुहुन्छ “व्यबस्थित रुपमा बाख्रा पालन गर्ने इच्छा थियो तर ज्ञान थिएन ,परम्परागत रुपमै पाल्ने गरेका थियौ । गाँउमा समुह गठन भयो त्यसपछि आधारशिला,पशु व्यबस्थापन,समुह व्यबस्थापन जस्ता तालिम पायौ त्यसले बाख्रा पालनको तरीका संगै जिवनशैली परीवर्तनको सरुवात भएको महसुस भयो ।”
आधारशिला तालिमले जिवन व्यबहार परीवर्तन संगै व्यबसायिकता लाई समेत समेटेकाले विगत बिर्सिएर बर्तमान र भबिष्यलाइ कसरी सहज बनाउने भन्नेमा ध्यान दिएको उहाको भनाईरहेको छ ।
ऐरावती गाँउपालिका प्युठान,हेफर प्रोजेक्ट नेपालको सहयोगमा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र द्धारा सञ्चालित परीयोजना अन्र्तरगत ज्ञान सिप संगै उहाले २ वटा माउबाख्रा र व्यबस्थित खोर उपहार स्वरुप प्राप्त गर्नुभयो । जसले उहालाई हौसला प्रदान गर्यो । बाख्रा पालन लाई उद्यमको रुपमा विकास गर्ने संकल्प उहाले लिनुभयो ।
वार्ड नम्बर २,सलेन्धारामा मा गठन भएको लालिगुँरास स्वाबलम्बी समुह को अध्यक्ष समेत रहेर गुरुङले आफु संगै समुहका सदस्यहरुलाई समेत व्यबसायिक बाख्रा पालन बाट स्वाबलम्बी बनाउन प्रेरीत गर्नुभएको छ । २५ जना सदस्य रहेको सो समुहका अधिकांस सदस्य अहिले बाख्रा पालनलाई मुख्य आम्दानीको रुपमा लिनेगरेका छन् ।
बाख्राको खोर सफाई,,घाँस विस्तार, संगै व्यबस्थापन गर्ने बिषयमा अहिले उहा निकैनै सचेत रहेको उहाको कामबाट देख्न सकिन्छ ।
गोमा संगै उहाको घरमा श्रीमान र ३ छोरी रहेका छन् । श्रीमान मौसमि कामका लागी भारत जाने गर्नुहुन्छ । घरमा भएसम्म श्रीमानको सहयोग संगै ३ छोरीको साथले नै उहालाई सफल उद्यमी बन्न सघाएको छ ।
घरमा उत्पादित खसि बोका सहकारी मार्फत बजारीकरणको सुरुवात पनि उहाले गर्नुभएको छ । हालचालै ५ वटा खसि सहकारी बाट बिक्रिगरेको उहाको भनाइ छ । व्यबसायिक बाख्रा पालन संगै फुर्सदको समयमा गोमा सिलाई कटाई,बुटिक र किराना पसलको कामलाई समेत निरन्तरता दिनुभएको छ । त्यस बाट पनी थोरै धेरै आम्दानी भएको छ ।
घरायसि खर्च,लालन पालन,छोरीहरुको पढाई लेखाई संगै धेरै थोरै बचत गर्न यहिबाटै पुग्ने गरेको सुनाउदै उहाले बार्षिक रुपमा ४ देखि ५ लाख सम्म आम्दानी हुनेगरेकोले परीवार पनि खुसि रहेको बताउनुभयो ।
९ वटा बाख्रा पाल्दै आउनुभएकी उँहाले समुहमा आबद्ध भएपछि बिस्तारै माउ बाख्रा बढाउदै लैजानुभयो । अहिले ३३ वटा बाख्रा पुगेका छन् । आगामी दिनमा थप्दै जाने र श्रीमानलाई घरमै स्वरोजगार बनाउने उहाको योजना रहेको छ ।
उमेरले ३७ बर्ष हुनुभएकी गोमा गुरुङ सामाजिक काममा समेत सक्रिय हुनुहुन्छ । समुह सदस्यको घरमा भएका काम सामुहिक रुपमा गर्ने,गाँउ टोल सफाई गर्ने गाउमा रहेका बिभिन्न समुह,सहकारी, तथा समितीमा रहेर सामाजिक कामगर्ने र समाजलाई सहि मार्गदर्शन गर्न उहाको महत्वपुर्ण भुमिका रहेको पाईन्छ ।
गाँउमा बसेर परीवारसंगै सानो लगानी बाट पनी उद्यमी बन्न सकिन्छ,परीवार पाल्नकै लागी विदेशिनु पर्दैन भन्ने उदाहरण उहाबाट सिक्न सकिन्छ ।