अर्जुनदृष्टि, बुटवल । एनएमबि बैंक बुटवल ट्राफिकचोक शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत बुटवल दिपनगर स्थित सुस्त मनस्थिति बाल विद्यामन्दिरलाइ सहयोग गरेकोछ ।
विद्यालयका ८० विद्यार्थीहरुलाइ एक कार्यक्रमका विच प्रत्येकलाइ एकएक सेट टिसर्ट, ट्राउजर, स्पोर्ट्स ड्रेस हस्तान्तरण गरेको हो। विद्यालयमा अध्यनरत सुस्त मनस्थिति विषेश क्षमता भएका विद्यार्थीहरुको लागि सहयोग हस्तान्तरण गरिएको बैंकले जानकारी दिएकोछ।
एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली, सिनियर एरिया म्यानेजर मेघराज तिम्सिना, ट्राफिकचोक शाखा प्रबन्धक कमल ढकाल, वालमन्दिर अध्यक्ष लोकनाथ भुसाल, विद्यालयका शिक्षक कर्मचारी, बैंक कर्मचारी, विद्यार्थीहरुको उपस्थिति थियो।
एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले सहयोग हस्तान्तरण गर्दै विद्यालय र विद्यार्थीहरुको आवश्यकतालाइ मध्यनजर गरेर बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विशेष क्षमता भएका विद्यार्थीहरुलाइ टिसर्ट, ट्राउजर लगायतका स्पोर्ट्स ड्रेसहरु प्रदान गरिएको बताए । उनले आमजनताको रोजाइको एनएमबि बैंकले अत्याधुनिक बैंकिङ्ग सेवासगै सस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु विगत देखि गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तर गरिने जानकारी दिए ।
सुस्त मनस्थिति बाल विद्यामन्दिरका अध्यक्ष लोकनाथ भुसालले एनएमबि बैंकले विषेश क्षमता भएका सुस्त मनस्थिति विद्यार्थीहरु प्रति देखाएको संवेदनशीलता र सहयोगप्रति आभार व्यक्त गर्दै बैंकले सामाजिक उत्तरदायित्व बहन गरेर उदाहरणीय कार्य गरेको बताए ।
शाखा प्रबन्धक कमल ढकालले सुस्त मनस्थिति वालमन्दिरमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै छिटोछरितो, सरल खाता खोल्ने, डिपोजिट गर्ने, कम ब्याजदरमा कर्जा प्रदान कार्यहरू लगायत थुप्रै सर्वसुलभ सेवाहरु एनएमबि बैंकले प्रदान गर्दै आएकोले सम्पूर्ण जनताहरु त्यसबाट लाभान्वित हुन आग्रह गरे।













