कपिलवस्तुमा हिन्दु मुस्लिम संयुक्त रुपमा मोहर्रम पर्व धुमधामका साथ मनाए       

कपिलवस्तु । मुस्लिम समुदायहरुको तेस्रो महान पर्व मुहर्रम कपिलवस्तुमा आईतबार मुस्लिम र हिन्दुहरुले संयुक्त रुपमा मनाएका छन । एक आपसमा भाईचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै मुस्लिम र हिन्दुहरुले धुमधामका साथ मुहर्रम पर्व मनाएका हुन । मोहर्रम पर्व तराईका हिन्दु समुदायहरुको आस्था बढ्दै जाँदा कपिलवस्तुमा यो पर्व धार्मिक सद्भावको अनुपम उदाहरण बनेको छ ।

मुस्लिमहरूले आफ्ना धर्मगुरु हजरते इमामे हुसैनको बलिदानको सम्झनामा शोक (मातम) का रूपमा मनाउने यो पर्वलाई हिन्दुहरूले भने पारिवारिक सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ धुमधामका साथ मनाउन थालेका छन । मुस्लिमहरुले विशेष नमाज पाठ , ब्रत (रोजा) बसी मनाउने गरेका छन र देशमा स्थायी शान्तिका लागि उहाँहरुले कामना समेत गरेका थिए । जिल्लाका सयभन्दा बढी स्थानमा लाग्ने करबला ( चिहान वा युद्धको मैदान ) मा मेला र तहाजिया सेलाउन हजारौं भन्दा बढी श्रद्धालु भक्तजनहरू आएका थिए ।

इस्लामिक नयाँ वर्ष (हिजरी संबत) सुरु भएपछि एक महिना अघि देखि नै जिल्लाको दक्षिणी भेगका हिन्दु, मधेसी र थारु समुदायका गाउँघरमा मुहर्रमको रौनक छाएको थियो । उनीहरू ढोलक र तासा बजाउँदै, नाचगान गर्दै यो पर्व मनाउँछन ।

हिन्दु समुदायले भाकल गरेर घरमा हुसैनको प्रतीक स्वरूप कागज र बाँसबाट बनेको ‘ताहजिया’ स्थापना गरी पूजाअर्चना गर्छन । यसो गर्नाले पारिवारिक सुख, शान्ति र बिग्रेको कामसमेत बन्ने उनीहरूको विश्वास रहेको छ।

यशोधरा गाउँपालिका पोखरभिटवाका श्याम कुमार यादवले १० वर्षदेखि मुहर्रम पर्व मनाउँदै आएको सुनाए । ५ वर्षअघि नै मैले मागेको मनोकामना पूरा भएकोले गर्दा मोहर्रम पर्व प्रति एकदमै बढी आस्था बढेको छ । यो पर्व मनाउँदा पारिवारिक सुख मिल्छ,’ उनले भने। उनले मुस्लिम दाजुभाइहरूसँगै यो पर्व मनाउन पाउँदा निकै खुसी लागेको बताए ।

त्यसैगरी, कपिलवस्तु जिल्ला भरेहाडका राजेश ठाकुर र कपिलवस्तु तिलौराकोट कि शकुन्तला थारुले पनि आफ्ना बाबुबाजेको पालादेखि नै यो पर्व मनाउँदै आएको र यसबाट फलिफाप भएकाले निरन्तरता दिएको बताए।

मुस्लिम समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा दुवै समुदायले सामूहिक रूपमा यो पर्व मनाउँदा आपसी भाइचारा र सद्भाव बढेको हिन्दु तथा मुस्लिम समुदायका बुढापाखाहरुले बताउँछन । ‘देशमै मुस्लिम समुदायको दोस्रो बहुल्यता जिल्ला कपिलवस्तु रहेकोमा दुबै समुदायले सामूहिक रूपमा यो पर्व मनाएकोले एकआपसमा भाइचारा कायम गरेको छ,’ उनले भने।

जिल्लाको १० वटै पालिकामा रहेको कर्बलामा तहजियालाई सेलाइएको थियो । भाकल गरी तहजियालाई पुजाअर्चना गर्नाले पारिवारिक सुख, सम्वृद्धि तथा मनोकामना पूरा हुने गरेको भक्तजनहरुले बताउछन । साथै यो पर्व श्रद्धा पुर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक विश्वास रहेको छ । यसैबिच कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको घर घरमा राखिएको तहाजियालाई तौलिहवा बजार परिक्रमा गरी कपिलवस्तु तौलिहवाको कर्बलामा सेलाउने गरिएको छ । सो अवसरमा मुस्लिम समुदायहरुले जिल्ला प्रसासन कार्यालय, तौलिहवा जिल्ला प्रमुख, जिल्ला प्रहरी प्रमुख निरन्जन दत्त भट्ट तथा सशस्त्र प्रहरी जिल्ला  प्रमुख लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय भित्र गएर अली र हुसैनको नारा लगाउँदै लाठी, तलवार नचाएर साहसिक प्रदर्शन समेत गरिएका थिए  प्रदर्शन  गरि देखाए बापत जिल्ला प्रमुख द्वारा इनाम दिएका थिए । आजको दिन मुस्लिम समुदायहरुले खीर , बिरयानी लगायतका प्रकार वितरण गरेका थिए । इस्लाम धर्मका प्रवर्तक इमाम हुसैनको सम्झनामा यो मोहर्रम पर्व मनाइन्छ । १४ सय वर्ष पहिले इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफु सहित ७२ जनाको पुरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरूप मुहर्रम पर्व मनाउदै आएको मुस्लिम धर्म गुरुहरुले बताउँछन । यजिद नामक शासकविरुद्ध युद्धका क्रममा शहादत प्राप्त गरेका थिए । अरब देशको क्यालेण्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ। इस्लामिक नयाँ वर्ष हिजरी सम्वत १ देखि १० तारिख (१० दिन सम्म) यो पर्व मनाइने गरिन्छ मुस्लिम धर्म गुरुहरुले बताउँछन । मुहर्रमको १० औँ तारिखलाई आसुरा भनिने तथा त्यसै मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको छ । यो पर्व हिन्दु समुदायहरुले ढोल,तासा, नगाडा सहितको परम्परागत बाजा गाजा तथा नाचगान गर्ने प्रचलन रहेको छ ।

मुस्लिम धर्मगुरुहरूका अनुसार १४ सय वर्ष पहिले इस्लाम धर्मको रक्षाका लागि इमामे हुसैन र उनका ७२ जना परिवारजनले दिएको बलिदानको सम्झनामा मुहर्रम मनाइन्छ।

हिन्दुहरूले उत्सवका रूपमा मनाए पनि मुस्लिम समुदायले भने यसलाई शोकको पर्वका रूपमा लिन्छन र अन्तिम दिन (आसुरा) मा साहसिक प्रदर्शनहरू गर्छन ।

घरमा राखिएको ताहजियालाई अन्तिम दिन ‘करबला’ मा लगेर सेलाइने चलन रहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?