नेपाल ज्योतिष परिषद् भक्तपुरको अध्यक्षमा बज्राचार्य

समाचार सारांश
Auto Generated by AI
  • नेपाल ज्योतिष परिषद् भक्तपुरको चौथो अधिवेशनले उपप्राध्यापक शान्तरत्न बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
  • केन्द्रीय अध्यक्ष डा लोकराज पौडेलले ज्योतिषशास्त्रलाई थप व्यवस्थित र मर्यादित बनाउन अध्ययन तथा अनुसन्धानमा जोड दिन आग्रह गर्नुभयो।
  • अधिवेशनमा ज्योतिष क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

भक्तपुर । नेपाल ज्योतिष परिषद् भक्तपुर जिल्ला समितिको चौथो जिल्ला अधिवेशनबाट उपप्रा.शान्तरत्न बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

जसको उपाध्यक्षमा अन्जना श्रेष्ठ, सचिवमा अनिल सुवाल, कोषाध्यक्षमा नितु श्रेष्ठ र सदस्यहरुमा रामदेवी श्रेष्ठ, रुक्मिणी श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, रिमा बज्राचार्य, हिराकाजी श्रेष्ठ, ज्ञानेन्द्रकृष्ण जोशी, मनिश जोशी, निर्मल शर्मा वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल ज्योतिष परिषद्का केन्द्रीय संस्थापक अध्यक्ष एवम् विश्व ज्योतिष महासंघका अध्यक्ष पञ्चाङ्गकार डा लोकराज पौडेलले संस्था स्थापनाकालदेखि हालसम्म यहाँ आइपुग्दा धेरै कठिनाई भोग्नुपरे पनि नेपाल ज्योतिष परिषद्को साङ्गठनिक बलमा विश्व ज्योतिष महासंघ र दक्षिण एसियाली ज्योतिष महासंघको प्रधान कार्यालय नेपालमा राख्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले ज्योतिषशास्त्रलाई थप व्यवस्थित र मर्यादित बनाउनको लागि अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।।

कार्यक्रममा विश्व ज्योतिष महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णराज जोशी, नेपाल ज्योतिष परिषद्का केन्द्रीय वरिष्ठ सल्लाहकार प्राडा देवमणी भट्टराई, केन्द्रीय सल्लाहकार वैद्य हितराज श्रेष्ठ, केन्द्रीय सचिव शिवलाल पौडेल, बागमती प्रदेश महासचिव भिमप्रसाद पौडेल, उपत्यका समिति अध्यक्ष यज्ञरत्न बज्राचार्य, ललितपुर जिल्ला अध्यक्ष शुभद्रीका शर्मा राजोपाध्याय लगायतले शुभकामना मन्तव्य राख्दै अधिवेशन सफलताको शुभकामना राखेका थिए ।

निर्वाचन सम्पन्न गर्नको लागि प्रमुख निर्वाचन अधिकृत आचार्य शिवलाल पौडेल, निर्वाचन सचिव पवित्रा श्रेष्ठ, निर्वाचन सदस्य भिमप्रसाद पौडेल रहनुभएको थियो ।

उद्घाटन सत्र निवर्तमान भक्तपुर जिल्ला अध्यक्ष केदारप्रसाद जोशीको अध्यक्षता, निवर्तमान सचिव शान्तरत्न बज्राचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?