back to top
IPL 2025
IPL 2024
९ बैशाख २०८२, मंगलबार
९ बैशाख २०८२, मंगलबार
IPL 2025
spot_img

रोजगारी खोज्ने होइन, सिर्जना गर्ने सोच!

उनको व्यवसायले स्थानीयस्तरमै ३-४ जनालाई रोजगारीसमेत दिएका छन् । करोडौं रुपैयाँको वार्षिक कारोबार गर्ने उनी पशु व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशील छन्।

सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा जन्मिएका प्रदिप आचार्य, बुवा जिबलाल आचार्य र आमा इन्द्रकला आचार्यका जेठा छाेरा हुन । हाल सन्धिखर्क–२ घोचाखोला निवासी एक युवा व्यवसायी आचार्यको संघर्षमय जीवनकथा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। सामान्य परिवारमा जन्मिएका उनले सानै उमेरदेखि आत्मनिर्भर बन्ने संकल्प गरे।

२०६४ सालमा एसएलसी परीक्षा दिएपछि भेटेरिनरी जे.टी.ए. अध्ययन गरेका उनी पछि बुटवलमा इलेक्ट्रिकल ओभरसियर अध्ययन गर्न गए। अध्ययनकै क्रममा आर्थिक रूपमा आत्मनिर्भर बन्ने सोच राखेर घर-घरमा विद्युत वायरिङ र प्लम्बिङको ठेक्का लिएर काम गर्न थाले। केही समय एग्रोभेटमा मार्केटिङको काम गर्दै न्यून आर्थिक स्रोतबीच संघर्ष गरिरहे।

तर, अरूको निगरानीमा काम गरेर भविष्य सुरक्षित हुँदैन भन्ने सोच राखेर उनी ओभरसियर अध्ययनपछि पुनः अर्घाखाँची फर्किए। यहाँ आएर आचार्य एग्रोभेट सेन्टर व्यवसाय सुरु गर्दा उनलाई अनेकन आलोचनाहरू सहनुपर्‍यो। कतिले उनलाई व्यापार सम्भव छैन भने, कतिले बुटवल छोडेर गाउँमै बसेकोमा हँसीमजाक गरे। तर, उनले निरन्तर मेहनत गरे, फरक तरिकाले उही कामलाई उत्कृष्ट रूपमा गर्दै गए। अहिले १२ वर्षपछि, उनले आफूलाई सफल व्यवसायीका रूपमा स्थापित गरिसकेका छन्।

व्यवसायिक यात्रामा उनले परिवारलाई पनि अघि बढाए। कृषि विषय अध्ययन गरेका उनले आफ्ना भाइलाई समेत कृषि अध्ययन गराए। दुई भाइमात्र रहेको परिवारमा दिदीबहिनी नभए पनि उनीहरूले परस्पर सहयोग गरेर व्यवसाय अगाडि बढाए। दुई भाइको बिहे एकैपटक गरे, उनको श्रीमतीले उच्च शिक्षा अध्ययन सकेर भेटेरिनरी अध्ययन गरिन् र अहिले व्यवसाय सम्हाल्दै छिन्।

परिवारका सबै सदस्य कृषि पेशामा संलग्न छन्। २५ रोपनी जमिनमा तरकारी खेती गर्दै उनले कृषिमा नयाँ प्रविधिको प्रयोग गरेर सफलता हात पारेका छन्। लामो समयसम्म भारतमा रोजगारको खोजीमा रहेका उनका बुबालाई समेत स्वदेशमै सम्भावना देखाउँदै फिर्ता बोलाए। अहिले परिवारका सबै सदस्य स्वदेशमै कृषि तथा व्यवसायमा सक्रिय छन्।

उनको परिवारमा हजुर बुबा – हजुर आमा , बुबा आमा, श्रीमती , भाई ,बुहारि तथा २ भाइ का एक एक छोरा गरि १० जना सदस्य रहेका छन् । सबै मिलेर एग्रोभेट ब्यबसाय , तरकारी तथा दूध उत्पादन बिक्री गरेर राम्रो मुनाफा लिई रहेका छन् ।

उनको व्यवसायले स्थानीयस्तरमै ३-४ जनालाई रोजगारीसमेत दिएका छन् । करोडौं रुपैयाँको वार्षिक कारोबार गर्ने उनी पशु व्यवसायसँगै विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशील छन्।

उनी हाल सन्धिखर्क नगरपालिका पशु विकास शाखामा पशु स्वास्थ्य प्राविधिकका रूपमा कार्यरत छन्। साथै, लायन्स क्लब अफ अर्घाखाँचीका सचिव, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ अर्घाखाँचीका अध्यक्ष, नियमित रक्तदाता संघ, अर्घाखाँची ब्यापार संघ ,नेपाल हृदय रोग निवारण प्रतिष्ठान अर्घाखाँची ,लगायतका संस्थामा सक्रिय छन्। उनी नेपाल बीउ व्यवसायी संघका जिल्ला सचिव, लुम्बिनी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य समेत रहेका छन् ।

उनको मुख्य लक्ष्य अबोध पशुको सेवा गर्नु मात्र होइन, बाझो जग्गा, भिरपाखा चिन्नु र त्यसमा सम्भावनाको खोजी गर्नु हो। जिल्लामै सक्रिय युवाहरूलाई संगठित गर्दै सामूहिक रुपमा काम गराउने उनको सोच छ। रोजगारी सिर्जना गर्ने योजनामा उनी निरन्तर छन्।

कृषि, पशुपालन र व्यवसायलाई नवीन ढंगले अघि बढाउँदै स्वदेशमै सम्भावना खोज्ने यी युवा व्यवसायी वास्तवमै ‘देशकै सम्भावना’ बनेका छन्। उनीजस्ता युवाहरूले विदेशतिर रोजगार खोज्न बाध्य युवाहरूका लागि प्रेरणा दिनेछन्।

चर्चित देश नछोडेका फेस

बाशुदेव श्रेष्ठ

चालक

घनश्याम पौडेल

पत्रकार

माधब बेल्बासे

शिक्षक

घनश्याम भट्टराई

कृषक युवा व्यवसायी

देश नछोडेका फेस

अर्जुन पोख्रेल

व्यवसायी

राधाकृष्ण गौतम

निर्माण व्यवसाय/कृषक

केशव बन्जाडे

स्वास्थ्यकर्मी

सौर्य नारायण न्यौपाने

कृषक

घनश्याम भट्टराई

कृषक युवा व्यवसायी

घनश्याम पौडेल

पत्रकार

माधब बेल्बासे

शिक्षक

बाशुदेव श्रेष्ठ

चालक