सन्धिखर्क नगरपालिकाले निशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने

सागर परियार, अर्घाखाँची । सन्धिखर्क नगरपालिका भित्रका स्थायी बासिन्दा/कर्मचारीहरुलाई निशुल्क रुपमा  रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने गरि  सन्धिखर्क  नगरपालिका र  नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र, रुपेन्देही वीच सम्झौता भएको ।

रुपन्देही जिल्ला भित्र संचालनमा रहेका सरकारी, निजी तथा सामुदायीक अस्पतालहरुमा उपचार गराउने सन्धिखर्क नगरपालिका भित्रका  स्थायी बासिन्दा/कर्मचारीहरुलाई निशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने र  नगरपालिकाबाट रक्त संचार सेवा केन्द्र रुपन्देहीको लागी रगत संकलन कार्यको लागी सहयोग गर्ने उदेश्यले यो पुन्य कामको लागी सम्झौता गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।

आफ्ना नागरिकलाई रगत र रगतजन्य  पदार्थ अभावबाट बचाउनको लागी जिल्लामै पहिलो पटक यो कार्य गर्न लागेको र पहिलो पटक रुपन्देही र त्यस लगतै भरतपुर चितवन र काठमाण्डौँका निजी तथा सरकारी हस्पिटलहरुमा निशुल्क रुपमा  रगत र रगतजन्य पदार्थ उपलब्ध गराउनको लागी पहल गरिने प्रमुख प्रशासकीय अधिकृत खुम भुसालले जानकारी दिए ।

सम्झौतामा पहिलो पक्षको तर्फबाट नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, रोहबर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुम भुसाल र दोस्रो पक्षको तर्फबाट नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीका सभापति कुशल भुसाल, जिल्ला शाखा मन्त्री तुलसीराम पौडेलले हस्ताक्षर गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?