back to top
३१ असोज २०८३, शनिबार
IPL 2024
३१ असोज २०८३, शनिबार

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिपूर्वक फूलपाती भित्र्याइँदैछ । घटस्थापनादेखि दुर्गा स्थापना गरिएको दशैंघर तथा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका वनस्पति (नवपत्रिका) भित्र्याउने धार्मिक परम्परा छ ।

धार्मिक मान्यताअनुसार यी नौ वनस्पति नवदुर्गाका सहायक देवीहरूका प्रतीक हुन् । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी शास्त्रीय विधिपूर्वक शक्तिको आराधना गरिन्छ ।

यसैबीच, ऐतिहासिक हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइँदैछ । गोरखाबाट धादिङको जीवनपुरसम्म मगर समुदायका पुजारीहरूले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म ब्राह्मणहरूले बोकेर ल्याउने परम्परा रहिआएको छ। जमलबाट भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गुर्जुको पल्टन, निजामती सेवाका उच्च अधिकारी तथा सांस्कृतिक बाजागाजा र लावालस्करसहित भव्य शोभायात्राका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याइन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?

×
FLASH NEWS FLASH