
- काल र अग्नि मिलेर बनेको कालाग्नि समूहले भजन र सरसफाइका माध्यमबाट समाजका नकारात्मकता हटाएर सनातन धर्म र संस्कृतिको संरक्षण गरिरहेको छ।
- सैनामैना र कञ्चन क्षेत्रका युवादेखि वृद्धसम्मलाई समेटेको यो गैरराजनीतिक समूह स्वस्फूर्त रूपमा विद्यालय र मन्दिरहरूमा सेवामूलक कार्यमा सक्रिय छ।
- कुनै पनि राजनीतिक स्वार्थबिना भ्रातृत्व र देशप्रेम जगाउँदै अनुशासनपूर्वक अगाडि बढेको यस समूहले नयाँ पुस्तामा भक्तिभाव र संस्कारको ज्योति फैलाइरहेको छ।
काल शब्द अनेकार्थी शब्द हो। यसका समानार्थी शब्द शिव, ठीक समय, कालो रङ् सुगन्धित कुनै द्रव्य पनि बुजाउँछ। काल र अग्नि शब्दको संयोजनबाट कालाग्नि शब्द बन्छ। अग्नि शब्दको शाब्दिक अर्थ प्रकाश, उज्यालो, सुन,आगो भन्ने बुजाउँछ। यस अर्थमा कालाग्नि शब्दको अर्थ मनमा भएको कालो रङ अथवा सबै महिनामा हुने नराम्रा पीडा, दुःख, कष्ट, कलुषित भावना अग्निको माध्यमबाट हटाउनु हो। केको माध्यमबाट हटाउने भन्नु पनि एउटा विचारणीय छ।समाजमा रहेका र मानिसका मनमा रहेका काला कुरा भजनबाट हटाउनु कालाग्नि भजन समूहको उद्देश्य हो।यसको इतिहास अहिलेसम्म २२ओैँ हप्तामा आइपुगेको छ।कालाग्नि समूहमा युवा,युवती,वृद्ध,बालक सम्पूर्ण सहभागी हुन सक्छन्। वैदिक सनातन धर्मको संरक्षणार्थ निस्कने अग्निको ज्वाला हो कालाग्नि।
सैनामैना र कञ्चनका युवाहरु अज भनौँ सम्पूर्ण धर्मकर्ममा मन समर्पित गर्न इच्छुकहरु यसमा आबद्ध छन्। वर्तमान परिवेशमा हिन्दू र हिन्दूत्वमाथि आक्रमण र हस्तक्षेप भैरहको कुरा सर्वविदित छ। नेपाल देवभूमि हो। यहाँका देवता नेपाली भूमिका हुन् कागजका फूल चढ्ने देवता हैनन्। सुगन्धित प्रकृतिमा फूलेका फूल चड्ने देवता हुन्।नेपालका देवतालाई सुगन्धित फूल चडाउने र मन्दिरमा एउटा इट्टा थप्ने काम कालाग्निले गरेको छ। विशुद्ध गैरराजनीतिक समूह कालाग्निले प्रत्येक शनिबार सैनामैना र कञ्चनका विभिन्न मन्दिरमा भजन कीर्तन र सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यदाकदा विद्यालयका प्राङ्गणमा पनि भजन कार्यक्रम गर्दै आएको छ। गैरनाफामूलक संस्था कालाग्निले विद्यालयमा भजन गर्दा निजी खर्चमा नै सबै व्यवस्थापन गर्दै आएको छ।कहिलेकाहीँ भने विद्यालयले स्वस्फूर्त रुपमा र मन्दिर समितिले पनि स्वैच्छिक रुपमा केही कुरा प्रायोजन गर्ने गरेका छन्।
विद्यालयमा कालाग्निले भजन गर्नुको अर्थ विद्यार्थी अभिभावक र समग्र ठाउँ आफ्नो संस्काररुपी सुगन्ध छर्नु हो।एकताको पाठ सिकाउने कार्य कालाग्निले गरेको छ।समाजसेवा रक्तदान आदि कार्यमा सदस्यहरु सक्रियरुपमा लागेका छन्।सामूहिक ऐक्यबद्धता भनेको के हो कालाग्निको भजन हेरेपछि प्रस्ट देख्न सकिन्छ। यो यस्तो ज्वाला हो जुन कहिल्यै निभ्ने छैन ।कोहि कसैले निभाउन खोजे त्यो स्वतःभस्म हुनसक्छ। चोकचोकमा बसेर चियागफमा समय व्यतीत गर्नेहरु पनि कालाग्निको भजन भनेपछि कञ्चन र सैनामैनाका युवाहरू सके हामीले पनि गाउनुपर्छ नभए हेर्न भएपनि जानपर्छ भन्ने गरेको स्थानीयले बताउने गरेका छन्। सानातिना नानीबाबुहरु पनि भजनमा झुमेको र भगवान्को नामसंकीर्तन गरेको देखेर अभिभावक दङ्ग छन्।काँधमा रामनामी र घाँटीमा रुद्राक्ष ओडेपछि गर्नुपर्ने नीतिनियम सिकाउने थलो हो कालाग्नि। यस समूहमा राजनीतिक एजेन्डा हैन यहाँ पाइन्छ भ्रातृत्व,देशप्रेम,भक्तिसंगीत।धर्मसंस्कृतिमाथि लागेको कालो मडारिएको कलुषित भावना हटाउने ठाउँ कालाग्नि बनेको छ।सुरुवाती चरणमा केही थोरैले सुरुवात गरेपनि यसमा यो ठूलो यो सानो भन्ने छैन।
कालाग्निलाइ कुनै विदेशी वा राजनीतिक दलले प्रयोग नगरुन्।एकदिन जाँदा मैले देखेको अनुशासन,ऐक्यबद्धता,वाद्यवादन सम्पादनले मलाई आलोकित पारेको हो।आलोचना खेप्नुनपरेको एउटा निर्विवाद समूह हो।














