‘मै हुँ’ भन्ने दलहरूलाई मात दिने ती ‘चुनावी कमाण्डर’, जो आफ्नै कार्यकर्ताबाट हराइए

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीमा रास्वपाको पहिलो जिल्ला अधिवेशनबाट सीता पराजुली सभापतिमा निर्वाचित भएकी छिन्।
  • निर्वाचनमा पराजित संस्थापक नेता दिनेश सुनारको भूमिका र योगदानलाई पार्टीले उचित कदर नगरेको भन्दै असन्तुष्टि देखिएको छ।
  • पार्टीभित्रको आन्तरिक गुटबन्दी र जातीय विभेदका चर्चाहरूले रास्वपाको भविष्यमाथि नै गम्भीर प्रश्न खडा गरेका छन्।

राजनीतिमा एउटा कूटनीतिक भनाइ छ “युद्ध जित्ने कमाण्डरहरू अक्सर शान्तिकालमा पाखा लगाइन्छन्।” गत जेठ २४ गते सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशनको मतपरिणाम र त्यसपछिको राजनीतिक तरङ्गलाई नियाल्दा यो भनाइ अर्घाखाँचीको सन्दर्भमा दुरुस्तै मेल खाएको देखिन्छ।

पार्टी सभापतिका लागि आकांक्षी दिनेश सुनार, सीता पराजुली र महेन्द्र कुँवरबीच सहमति हुन नसकेपछि लोकतान्त्रिक विधि अनुरुप निर्वाचन गरियो । परिणाम स्वरूप, महिला नेतृ सीता पराजुली जिल्ला सभापतिमा विजयी बनिन्। पराजुली आफैंमा एक क्षमतावान्, परिपक्व र अनुभवी नेतृ हुन्, जसमा पार्टी हाँक्ने सामर्थ्य छ। यसमा कुनै दुई मत छैन। तर, यो निर्वाचनको माहोल र परिणामले रास्वपा वृत्तभित्र एउटा गम्भीर र पेचिलो प्रश्न उब्जाइदिएको छ, के रास्वपाका कार्यकर्ताहरूले इतिहासको त्यो महत्त्वपूर्ण कालखण्ड र आफ्नो जगलाई यति चाँडै बिर्सिए ?

कुरा धेरै पुरानो होइन, जेनजी आन्दोलनपछिको आम निर्वाचन २०८२ को हो। चुनावी सरगर्मी उत्कर्षमा थियो। पुराना र स्थापित भनिएका राजनीतिक दलहरू आ–आफ्नै किल्ला जोगाउने दाउपेचमा थिए। नयाँ शक्तिका रूपमा उदाएको रास्वपाका लागि अर्घाखाँचीको पहाडी भूगोल र परम्परागत दलीय संयन्त्र चिर्नु फलामको च्युरा चपाउनु सरह थियो। यस्तो चुनौतीपूर्ण घडीमा रास्वपाले आफ्ना संस्थापक सहसंयोजक दिनेश सुनारलाई “चुनावी कमाण्डर” को जिम्मेवारी सुम्पियो।

सुनारले आफ्नो सांगठनिक अनुभव, सुझबुझपूर्ण निर्णय र कौशलताका साथ जिल्लाभरिको चुनावी कमाण्ड सम्हाले। संगठन निर्माणदेखि चुनावी रणनीति तय गर्ने काममा उनको सक्रियता उल्लेख्य रह्यो। फलस्वरूप, जिल्लामा “मै हुँ” भन्ने पुराना दलहरूलाई जिल्लाकै इतिहासमा पहिलो पटक माथ दिँदै रास्वपाका उम्मेदवार हरि भुसाल विजयी बने।

अहिले कतिपय विश्लेषकहरूले यो जितलाई दिनेश सुनारको कमाण्डभन्दा पनि “राष्ट्रिय ह्विम”, उम्मेदवारको व्यक्तिगत लोकप्रियता वा पुराना दलहरूप्रतिको जनआक्रोशको उपज मात्र भन्न रुचाउलान्। तर राजनीतिमा एउटा अकाट्य सत्य के हो भने, यदि त्यो चुनाव रास्वपाले हारेको भए त्यसको सम्पूर्ण नैतिक र राजनीतिक जिम्मेवारी कमाण्डरकै हैसियतले दिनेश सुनारको टाउकोमा थुपरिन्थ्यो। जित्दा “ह्विम” को पगरी गुथाउने र हार्दा कमाण्डरलाई दोषी देख्ने प्रवृत्ति न्यायसंगत हुन सक्दैन। भुसालको ऐतिहासिक जितमा आम कार्यकर्ता र शुभेच्छुकहरूको रगत–पसिना अवश्य थियो, तर त्यसलाई सही दिशा दिने कुशल सारथी सुनार नै थिए।

लामो समयदेखि पार्टीको जग बसाल्न जिल्लाका कुनाकाप्चा, दुरदराजका गाउँबस्ती पुगेर जनताको मन जितेका नेता हुन् सुनार। उनीसँग रास्वपा अर्घाखाँचीलाई हाँक्ने क्षमता, हिम्मत, साहस र स्पष्ट योजना पनि थियो। तर, जिल्ला अधिवेशनको चुनावी दौडमा आइपुग्दा उनै “चुनावी कमाण्डर” उपविजेतामा सीमित बन्न पुगे। सायद, उनले जनताको मन त बुझे, तर आफ्नै कार्यकर्ताको मन र दाउपेच बुझ्न सकेनन् वा भनौँ, उनले बदलीएको राजनीतिको भित्री खेल बुझ्न ढिलो गरे।

लोकतन्त्रमा निर्वाचन हुनु र त्यसको परिणाम आउनु स्वाभाविक प्रक्रिया हो। पराजयलाई सहज रूपमा स्वीकार्नुको विकल्प पनि हुँदैन। तर, जिल्ला अधिवेशनपछि सुनारको सामाजिक सञ्जालका अभिव्यक्तिहरू हेर्दा उनी यो परिणामबाट सन्तुष्ट देखिँदैनन्। उनका पोस्टहरूले पार्टीभित्रको आन्तरिक राजनीति र निराशातर्फ संकेत गर्छन्।

यति मात्र होइन, बजारमा र सामाजिक सञ्जालमा त कतिपयले उनलाई “दलित” भएकै कारण आन्तरिक रूपमा घेराबन्दी गरेर हराइएको भन्नेसम्मका गम्भीर टिप्पणीहरू गरिरहेका छन्। यो कुरालाई केहि हदसम्म सुनार आफैले स्विकारेका पनि छन् । नयाँ र समतामूलक समाजको वकालत गर्ने रास्वपाभित्र यदि यस्तो जातीय वा गैर–राजनैतिक चलखेल भएको हो भने, त्यो पार्टीकै भविष्यका लागि आत्मघाती सिद्ध हुनेछ। संस्थापन पक्ष र दुःख गरेका पुराना नेताहरूलाई पाखा लगाएर पछि आएकाहरूले पार्टी कब्जा गरेको भन्दै रास्वपाभित्रै सुस्तरी टिकाटिप्पणी सुरु हुन थालेको छ। निर्वाचनमा कमाण्डर सुनारको गुन तिर्न स्वयम् निर्वाचित सांसदले पनि नसकेको वा समन्वय गर्न चुकेको गुनासाहरू पनि नसुनिएका होइनन्।

नवनिर्वाचित सभापति सीता पराजुलीको परिपक्वता र दिनेश सुनार जस्ता ऊर्जावान् एवं त्यागी नेताको असन्तुष्टिलाई सम्बोधन गर्दै रास्वपा अर्घाखाँचीले आगामी दिनमा आफ्नो संगठनलाई कसरी एकढिक्का बनाएर लैजान्छ, त्यो भने हेर्न बाँकी नै छ। तर, इतिहास साक्षी छ– जसले आफ्नो जग र संकटको सारथीलाई बिर्सिन्छ, उसको यात्रा लामो समयसम्म सहज हुन सक्दैन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

कपिलवस्तुमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

युवानेता वजीह अरशदद्वारा नेपाली कांग्रेस जिल्ला सहसचिव पदबाट राजीनामा,युवानेता पाण्डे द्वारा अपत्ति

परीक्षार्थीका मोबाइलको क्षतिपूर्ति माग्दै सिरहामा प्रदर्शन घोषणा

बलिउड स्टार Amir Khan तेस्रो विवाहको तयारीमा

टिकटकमा लेखिएको “Waiting for Death” पछि १६ वर्षीया रियाको सर्पदंशबाट दुःखद निधन

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?