आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सबैभन्दा बढी शितगंगा नगरपालिकालाइ

समाचार सारांश
Auto Generated by AI
  • संघीय सरकारले आगामी आर्थिक वर्षका लागि अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्ब १३ करोड ५६ लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ।
  • यो रकम वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार शीर्षकअन्तर्गत जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकामा वितरण गरिनेछ।
  • प्राप्त अनुदान रकम स्थानीय तहको सेवा प्रवाह, पूर्वाधार निर्माण र विभिन्न विकास योजनाहरू कार्यान्वयन गर्न उपयोग गरिनेछ।

अर्घाखाँची । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्घाखाँची जिल्लाका स्थानीय तहहरूलाई विभिन्न चार शीर्षकअन्तर्गत कुल ३ अर्ब १३ करोड ५६ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

सरकारले वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकामा उक्त रकम हस्तान्तरण गर्न लागेको हो। प्राप्त अनुदानमध्ये चालुतर्फ २ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ र पुँजीगततर्फ २३ करोड ७८ लाख रुपैयाँ रहेको छ। जिल्लाले प्राप्त गर्ने कुल अनुदानमध्ये वित्तीय समानीकरण अनुदानतर्फ ७० करोड ५२ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २ अर्ब २३ करोड ५८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ६ करोड ५३ लाख रुपैयाँ तथा समपूरक अनुदानतर्फ १२ करोड ९३ लाख रुपैयाँ रहेको छ।

अनुदान वितरणको विवरणअनुसार जिल्लाका तीन नगरपालिकाले कुल १ अर्ब ७३ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेका छन् भने तीन गाउँपालिकाले १ अर्ब ४० करोड रुपैयाँ प्राप्त गरेका छन्।

कुन पालिकाले कति पाए अनुदान ?

शितगंगा नगरपालिकाले सबैभन्दा बढी ६५ करोड ९ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। शितगंगाले समानीकरण अनुदानतर्फ १४ करोड ५१ लाख, सशर्त अनुदानतर्फ ४६ करोड ९२ लाख, विशेष अनुदानतर्फ १ करोड ४३ लाख र समपूरक अनुदानतर्फ २ करोड २३ लाख रुपैयाँ प्राप्त गरेको हो। सन्धिखर्क नगरपालिकाले ५८ करोड ५६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। यसमध्ये समानीकरण अनुदान १३ करोड २७ लाख, सशर्त अनुदान ४२ करोड ६९ लाख, विशेष अनुदान १ करोड र समपूरक अनुदान २ करोड ६० लाख रुपैयाँ रहेको छ।

भूमिकास्थान नगरपालिकाले ४९ करोड ९१ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। नगरपालिकाले समानीकरण अनुदान ११ करोड ३० लाख, सशर्त अनुदान ३५ करोड ६७ लाख, विशेष अनुदान १ करोड ५ लाख र समपूरक अनुदान १ करोड ८९ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।

गाउँपालिकातर्फ पाणिनी गाउँपालिकाले ५२ करोड ७८ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। पाणिनीले समानीकरण अनुदान १० करोड ७४ लाख, सशर्त अनुदान ३६ करोड ८२ लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान ४ करोड २२ लाख रुपैयाँ प्राप्त गरेको हो। मालारानी गाउँपालिकाले ४८ करोड १ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। यसमध्ये समानीकरण अनुदान १० करोड ७९ लाख, सशर्त अनुदान ३४ करोड ८८ लाख, विशेष अनुदान १ करोड ५ लाख तथा समपूरक अनुदान १ करोड २९ लाख रुपैयाँ रहेको छ।

जिल्लामा सबैभन्दा कम अनुदान छत्रदेव गाउँपालिकाले प्राप्त गरेको छ। छत्रदेवले समानीकरण अनुदान ९ करोड ९१ लाख, सशर्त अनुदान २७ करोड ६० लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान ७० लाख रुपैयाँ गरी कुल ३९ करोड २१ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।

संघीय सरकारले विनियोजन गरेको यी अनुदानहरू स्थानीय तहको सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक क्षेत्रका कार्यक्रम तथा समग्र स्थानीय विकासका योजनाहरू कार्यान्वयन गर्न उपयोग हुनेछ।

रकम रू. लाखमा

शीर्षक  समानीकरण अनुदान सशर्त अनुदान  विशेष अनुदान  समपूरक अनुदान चालु पुँजीगत प्रकृति  कुल जम्मा
अर्घाखाँची (जिल्ला जम्मा) ७०,५२ २,२३,५८ ६,५३ १२,९३ २,८९,७८ २३,७८ ३,१३,५४
नगरपालिका (जम्मा) ३९,०८ १,२४,२८ ३,४८ ६,७२ १,६१,२२ १२,३४ १,७६,५६
भूमिकास्थान नगरपालिका ११,३० ३५,६७ १,०५ १,८९ ४६,५५ ३,३६ ४९,९१
शितगंगा नगरपालिका १४,५१ ४६,९२ १,४३ २,२३ ६०,३१ ४,७८ ६५,०९
सन्धिखर्क नगरपालिका १३,२७ ४१,६९ १,०० २,६० ५४,३६ ४,२० ५८,५६
गाउँपालिका (जम्मा) ३१,४४ ९९,३० ३,०५ ६,२१ १,२८.५६ ११,४४ १,४०,००
 छत्रदेव गाउँपालिका ९,९१ २७,६० १,०० ७० ३६,९१ २,३० ३९,२१
पाणिनी गाउँपालिका १०,७४ ३६,८२ १,०० ४,२२ ४६,६८ ६,१० ५२,७८
मालारानी गाउँपालिका १०,७९ ३४,८८ १,०५ १,२९ ४४,९७ ३,०४ ४८,०१
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

‘मै हुँ’ भन्ने दलहरूलाई मात दिने ती ‘चुनावी कमाण्डर’, जो आफ्नै कार्यकर्ताबाट हराइए

कपिलवस्तुमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

युवानेता वजीह अरशदद्वारा नेपाली कांग्रेस जिल्ला सहसचिव पदबाट राजीनामा,युवानेता पाण्डे द्वारा अपत्ति

परीक्षार्थीका मोबाइलको क्षतिपूर्ति माग्दै सिरहामा प्रदर्शन घोषणा

बलिउड स्टार Amir Khan तेस्रो विवाहको तयारीमा

टिकटकमा लेखिएको “Waiting for Death” पछि १६ वर्षीया रियाको सर्पदंशबाट दुःखद निधन

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?