कास्की तरुण दल अव जनकेन्द्रित काममा लाग्छ : अध्यक्ष विद्वान गुरुङ

कास्की । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अब तरुण दल किसानको मुद्दा बोकेर तराई प्रवेश गर्ने बताएका छ्न् ।

कास्की कांग्रेस जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भने, नेपाल तरुण दल भाषण र सभा सम्मेलनमा मात्र होइन, जनताको भावना नजिक छ । यही उद्देश्य लिएर हामी अब तराई जाँदैछौं । तराईमा हामी किसानको मुद्दा लिएर जाने छौं । तराईमा तरुण दल किसान नै भएर काम गर्नेछ । पहाडमा पनि तरुण दल छुट्टै मुद्दा लिएर छिट्टै जाँदैछ ।’ उनले जाजरकोट र पश्चिम रुकुममा १० दिनसम्म बसेर भूकम्प पीडितलाई अस्थायी टहरामा राखेर आएको जानकारी गराए ।

‘नयाँ पार्टी विदेशीका एजेन्ट हुन्, तिनीहरु धेरै टिक्दैनन्’ अध्यक्ष गुरुङले भने, ‘हिजो देशलाई संकट रविन्द्र मिश्र र रवि लामिछानेहरु कहाँ थिए ? त्यसबेला नेपाली कांग्रेसले सामना गरेको थियो । जनताको अधिकारका लागि कांग्रेसको नेतृत्वमा लोकतन्त्र स्थापना गरेको हो ।’

अध्यक्ष गुरुङले भने, ‘जनता अब सचेत भइसके, ढाँटेर राजनीति चल्दैन । नेपाली कांग्रेसका नेता कार्यकर्ताविरुद्ध सामाजिक सञ्जाल उपयोग गरेर गाली गरिरहेका छन् । त्यस्तालाई हामीले बाइकट गर्नुपर्छ । कांग्रेसले गरेको कामलाई प्रचार गरौं, पार्टीका आदर्श पुरुषहरुको वाणीलाई सामाजिक सञ्जालमा सेयर गरौं ।’

नेपाली कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन कार्यकर्तामा उत्साह देखिएको छ । यो उत्साहले केन्द्रदेखि वडातहसम्म एकताबद्ध गरेर लैजाने अध्यक्ष गुरुङको भनाइ थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?