बुटवल । लुम्बिनी प्रदेशमा माघ २१ गते अर्थात आज (आइतबार) प्रदेश स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदै छ ।
प्रदेश स्थापना दिवसकाे अवसरमा आज लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।
२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।