न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

काठमाण्डौ । न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । आज बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हरायो ।

भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८ ओभर ५ बलमा ३ सय २७ रनमा अलआउट भयो । न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय १९ बलमा १ सय ३४ रन बनाएर आउट भए । यस्तै कप्तान केन विलियमसनले ६९ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए ।

यसअघि मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायाे ।

भारतका विराट काेहली र श्रेयस अय्यरले शतक बनाए । काेहली १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएर आउट भए । यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान राेहित शर्माले २९ बलमा ४७ र केएल राहुलले २० बलमा ३९ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।

योसँगै भारतले ४ वर्षअघिको बदला लिएको छ । सन् २०१९ को एकदिवसीय विश्वकपमा म्यानचेस्टरमा भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो ।

अब भारतले फाइनलमा भोलि बिहीवार कोलकाताको इडेन गार्डेनमा हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । भोलि अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?