नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं ।  त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । ७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?