कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

समाचार सारांश
Auto Generated by AI
  • कुलेखानी जलाशयको जलसतह बढ्दै गएपछि सर्लाही प्रशासनले बागमती नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • साँझसम्म जलसतह १५२९ मिटर पुग्न सक्ने अनुमान गरिएकोले बाँधका गेटहरू खोल्न पर्ने र नदीमा अचानक बाढी आउन सक्ने सम्भावना छ।
  • नदी किनारका बासिन्दालाई सुरक्षित रहन, राति आवतजावत नगर्न तथा माछा मार्ने र चौपाया चराउने जस्ता गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ।

सर्लाही । कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीलेआग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज शनिबार जारी गरेको जरुरी सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट प्राप्त जानकारीका आधारमा कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढिरहेको छ।

सूचनामा उल्लेख भएअनुसार शनिबार दिउँसो १२ बजे जलाशयको जलसतह १५२८.१५ मिटर पुगेको छ। पानीको हालको बहाव र जलाशयमा भरिरहेको पानीको अवस्थालाई आधार मान्दा साँझ करिब ४ बजेसम्म जलसतह १५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ।

जलाशयको जलसतह १५२८.५० मिटर पुगेपछि पूर्वसतर्कतास्वरूप पहिलो साइरन चेतावनी बजाउने तथा एसएमएस (क्ःक् ब्भिचतक) मार्फत सूचना प्रवाह गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

जलसतह बढ्दै जाँदा बाँधका मुख्य गेटहरू खोल्नुपर्ने अवस्था आउन सक्ने र त्यसबाट मुख्य ड्यामको तल्लो तटीय क्षेत्रअन्तर्गत सिस्नेरी खोला तथा बागमती नदी किनारमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले प्रशासनले नागरिकको सुरक्षाका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालयले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न, सिस्नेरी खोला र बागमती नदी किनार तथा आसपासका मार्गमा रातिको समयमा आवतजावत नगर्न र नदी किनारमा माछा मार्ने, दाउरा संकलन गर्ने, चौपाया चराउनेलगायतका गतिविधि नगर्न अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामार्फत सम्भावित जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?