युरोपका ६ देशमा फैलियो प्रदर्शन : इटालीमा स्कुल कब्जा, ग्रिसमा संसद्‌अघि धर्ना

समाचार सारांश
Auto Generated by AI
  • युरोपका ६ देशमा महँगी र बेरोजगारीविरुद्ध ठूला प्रदर्शन भएका छन्।
  • फ्रान्समा हिंसात्मक झडप हुँदा १८ सय जना पक्राउ परेका छन्।
  • इटाली र ग्रिस लगायतका देशमा विद्यार्थीहरू आन्दोलित बनेका छन्।

काठमाडौं । युरोपका ६ देशमा बढ्दो शैक्षिक खर्च, बेरोजगारी र महँगो आवासको विरोधमा प्रदर्शन तीव्र बनेको छ। फ्रान्समा प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गरेका छन् भने कैयौँ सरकारी भवनहरूमा आगजनी गरेका छन्।

इटालीमा विद्यार्थीहरूले धेरै विद्यालयहरूमा कब्जा जमाएका छन्। ग्रिसमा विद्यार्थीहरूले होस्टेलको अभाव र बढ्दो भाडाको विरोधमा संसद् भवन अगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्।

बेल्जियम र अल्बानियामा पनि प्रदर्शनका क्रममा हिंसा भएको छ र व्यापक धरपकड गरिएको छ।

फ्रान्स : १४० सहरमा प्रदर्शन, १८०० पक्राउ

फ्रान्समा विद्यालयहरूको जीर्ण अवस्था, शिक्षकहरूको अभाव र बढ्दो महँगीको विरोधमा १७ अक्टोबरमा १४० सहरहरूमा प्रदर्शन भएको छ।

करिब ८ लाख मानिस सडकमा उत्रिएका थिए, जसमा विद्यार्थी सङ्गठनका साथै ट्रेड युनियन र कर्मचारीहरू पनि सहभागी थिए।

पेरिस, मार्सेई र बोर्डोसहित कैयौँ सहरमा तोडफोड र लुटपाट भएको छ। लिमोजमा १४३ वर्ष पुरानो ऐतिहासिक सिटी हलमा आगो लगाइएको छ भने कैयौँ सवारीसाधन जलाइएका छन्।

१८ अक्टोबरसम्म करिब १८०० जनालाई पक्राउ गरिएको छ। त्यस्तै, ५०० भन्दा बढी प्रहरी, सुरक्षाकर्मी र दमकलकर्मी घाइते भएको खबर छ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नु र राष्ट्रपति इमानुएल म्याक्रोंले हिंसाको निन्दा गरेका छन्। सरकारले केही हिंसक समूहले शान्तिपूर्ण प्रदर्शनको फाइदा उठाएको बताएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?