एनपीएलमा आज काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुँदै

समाचार सारांश
Auto Generated by AI
  • नेपाल प्रिमियर लिग अन्तर्गत आज कीर्तिपुरमा दुईवटा खेल हुँदैछन्।
  • दिउँसो साढे १२ बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्नेछन्।
  • साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ ।

पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ भने कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भइसकेको छ । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।

तीन खेल खेलिसकेको सुदूरपश्चिम रोयल्सले एक खेलमा मात्र जितेको छ। यस्तै चितवन राइनोजले एक खेलमा जित निकालेको छ र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?