भोलिदेखि राष्ट्रपति निर्वाचनको आचार संहिता लागू

१६ फागुन, काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता सार्वजनिक भएको  छ । निर्वाचन आयोगले भोलिदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचार संहिता सार्वजनिक गरेको हो।

आचार संहिता २०७९ भदौ १३ गते नेपाल राजपत्र खण्ड-७२,संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले जनाएको छ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री,प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिलाई आचार संहिता लागू हुनेछ।

यस्तै, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,सार्वजनिक पद धारण गरेको व्यक्ति,  सञ्चार प्रतिष्ठान,सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको  छ।

आज राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्बाङको उम्मेदवारी परेको छ । फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?