हामीलाई कोही धराप थाप्न नआए हुन्छ, गठबन्धन पाँच वर्ष जान्छ : गगन थापा

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान आठ दलीय गठबन्धन पाँच वर्ष कसैले चाहेर पनि भत्काउन नसक्ने बताएका छन्।

राष्ट्रपति चुनावलाई लक्षित गर्दै बागमती प्रदेशका सांसदहरूका लागि काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट कांग्रेस कुनै हालतमा पछि नहट्ने बताए।

उनले गठबन्धन जोगाउन कांग्रेस सबैभन्दा बढी जिम्मेवार भएर लाग्ने बताए।

‘पुस १० गते जे भएको थियो त्यो गलत भएको थियो, अहिले त्यो सच्चिएको छ’, थापाले भने ‘अब यसलाई बचाएर अगाडि लिएर जानुपर्छ।’

उनले एमालेले अब जस्तोसुकै अफर दिएर पनि गठबन्धन भत्काउन नसक्ने संकेत गरे। फागुन २५ पछि एमाले र कांग्रेसको सहकार्य भनेर भ्रम फैलाउन खोजिएकोतर्फ संकेत गर्दै थापाले पाँच वर्ष नजिस्क्याउन आग्रह गरे।

उनले भने, ‘नेपाली कंग्रेससँग कोही चकचक गर्न नआए हुन्छ । अस्ति जे समझदारी गरेर आएका छौं, त्यसबाट दायाँबायाँ हुँदैन, कोही धराप थाप्न नआए हुन्छ। कसैले अल्मलाउन नखोजे हुन्छ। यसपटक केही निस्कने वाला छैन।

नेकपा एमालेले राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनमा रहेका दलका पार्टी कार्यालयमा पुगेर मत माग्दै भ्रम छरिरहेको थापाको आरोप छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?