back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

माओवादी केन्द्रीय समिति बैठक सकियो

spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनसँगै बैठक सकिएको हो।

बैठक समापनका क्रममा आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक ढिक्का भएको बताए।

‘हामी एक ढिक्का भएका छौँ। पार्टी नेतृत्व बाहिर जाने छैनौँ। नेतृत्वको वरिपरि गोलबन्द हुनेछौँ। हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ। फेरि माओवादी जाग्नेछ’ उनले भनेका थिए।

त्यसलगत्तै हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलामु को नारा गुन्जिएको थियो । केन्द्रीय सदस्यहरूले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम, लालसलाम’को नारा लगाएका थिए।

बैठक समापन गर्दा महासचिव देव गुरुङले केही नारा लगाए भने केन्द्रीय सदस्यले सामूहिक रूपमा जिन्दावाद जिन्दावाद भनेका थिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?