आज भाइटीका लगाउँदा कुन दिशा फर्किने?

काठमाडौं ।  भाइटीका गर्दा दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने?, दिदीबहिनी कुन दिशामा फर्केर लगाइदिने?  सबैको चासोको विषय हुन्छ।

यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। ‘चन्द्रमा वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्तिको दाहिने पार्नु पर्छ’, उनले भने, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्छ।’

सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ। बुधबार चन्द्रमा वृश्चिक राशिमा रहेको छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्छ। चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किनुपर्ने भएकाले पूर्व–पश्चिम नै निर्देश गरेको अधिकारीले बताए।

दक्षिण दिशाचाहिँ पितृकर्मका लागि उपयुक्त मानिन्छ। दिदीबहिनी दक्षिण फर्किनुपर्ने भएकाले त्यसैले यो भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइलाई उत्तर नफर्किन भनिएको हो।

चन्द्रमाको दिशा नहेर्दा पूजाआदि शुभकार्यमा पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता पनि छ।

नेपाली समाजमा कार्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने  चलन छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?