गाउँघरबाट हराउँदै रोटे पिङ

समाचार सारांश
Auto Generated by AI
  • ताप्लेजुङलगायत हिमाली भेगका गाउँघरमा परम्परागत काठे पिङ लोप हुँदै गएका छन्।
  • आधुनिक बिजुली पिङको बढ्दो प्रयोग र आवश्यक काठको अभावले यो मौलिक संस्कृति ओझेलमा परेको हो।
  • पिङ बनाउने चलन घट्दा गाउँलेको सामूहिक जमघट र आपसी भेटघाटको अवसर समेत कम भएको छ।

ताप्लेजुङ । ताप्लेजुङसहित हिमाली जिल्लाका गाउँघरमा दशैं–तिहारको मुख्य आकर्षण रोटे पिङ र लिङ्गे पिङ हुने गर्दथ्यो । तर समयसँगै यी मौलिक खेल लोप हुने क्रममा पुगेका छन् ।

पहिले गाउँ–गाउँमा बनाइने चर्खे पिङ (काठे पिङ) आजभोलि विरलै देखिन्छ । दशैं तिहारको समयमा कम्तीमा एक दिन भुइँ छाड्नुपर्छ भन्ने परम्परा थियो, जसका कारण पिङ खेल्न सबै उमेरका मानिस भेला हुनेगर्दथ्यो । पिङ खेल मात्र नभई भेटघाट, शुभकामना आदान–प्रदान गर्ने स्थल पनि मानिन्थ्यो ।

तर अहिले मेलामहोत्सवमा बिजुलीबाट चल्ने ठूला पिङ देखिन थालेपछि स्थानीय स्तरमै तयार हुने काठे पिङको परम्परा ओझेलमा परेको छ । ठूलो–ठूलो काठ चाहिने र सजिलै नपाइने भएकाले पनि रोटे पिङ बनाउने चलन घटेको छ ।

ताप्लेजुङ, पाँचथर लगायत गाउँहरूमा केही वर्षअघि दशैं–तिहारमा लिङ्गे पिङ र रोटे पिङ लगाउने परम्परा जीवित थियो । अहिले भने थोरै ठाउँमा मात्रै पिङ देख्न सकिन्छ । पिङ नबन्दा गाउँमा सामूहिक जमघट घटेको छ ।

वृद्ध–वृद्धा, युवा र बालबालिका एउटै मैदानमा भेला भई रमाउने अवसर कम हुँदै गएको छ । नयाँ पुस्तामा रोटे पिङ र लिङ्गे पिङप्रति आकर्षण घटेको देखिन्छ, जसले यस परम्परा लोप हुने चिन्ता बढाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?