एनएमबी बैंक कुडिया सुस्ताद्वारा ५ विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग

अर्जुन ज्ञवाली,
नवलपरासी । नवलपरासीको कुडिया सुस्ता गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखा कार्यालयले त्यहाँस्थित ५ विद्यालयलाई वाटर डिस्पेन्सर प्रदान गरेको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख उपस्थितिमा एक कार्यक्रम गरि वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले एनएमबी बैंकले पहिलो देखि नै सुस्ता गाउँपालिकामा  जनतालाई उत्कृष्ट बैंकिङ सेवासँग सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा सहयोग गर्दै आइरहेको उल्लेख्य गर्दै विद्यालयहरूलाई शुद्ध पिउने पानीको लागि वाटर डिस्पेन्सर हस्तान्तरण गरेर सर्हानिय कार्य गरेकोमा धन्यवाद दिए।

कार्यक्रममा एनएमबी बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले नेपालको एक अग्रणी बैंक एनएमबी बैंकले सुस्ता गाउँपालिकाका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखी स्वच्छ पिउनेपानी उपलब्ध गराउने उद्देश्यले वाटर डिस्पेन्सर हस्तान्तरण गर्न पाउँदा खुशी व्यक्त गरेका थिए । उनले बिगत देखि सामाजिक उत्तरदायित्व अन्तरगत एनएमबी बैंकले समयसमयमा विभिन्न ठाउँमा महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको बताउँदै आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

सुस्ता गाउँपालिकाका उपाध्यक्ष गीता चौधरीले एनएमबी बैंकले विगत देखि सर्हानिय सेवा दिँदै आइरहेको र अब साना तथा मझौला उद्यमी महिला तथा दाजुभाइहरुलाइ उद्यम, व्यवसाय कर्जा थप सहजीकरण गरिदिन आग्रह गरेकी थिइन।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले एनएमबी बैंकले यसअघि पनि कम्प्युटर र प्रिन्टर सहयोग गरेको स्मरण गर्दै निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरे । 

कार्यक्रममा महेन्द्र मावि कुडिया सुस्ताका प्राचार्य सुनिल पन्थी, राष्ट्रिय मावि छिवनी सुस्ताका प्राचार्य अर्जुन प्रसाद पाण्डे, सहिद विष्णु पाण्डे स्मृति आधारभुत विद्यालय सुस्ताका प्राचार्य कमलेश गुप्ता, दीपक मावि पक्लिहवा सुस्ताका प्राचार्य सन्तोष कुमार उपाध्याय र विपी मावि बलिनगर पक्लिहवा सुस्ताका प्राचार्य योगेश चौधरीले हस्तान्तरित वाटर डिस्पेन्सर ग्रहण गर्दै बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका कर्मचारीहरू, विद्यालयका अध्यक्षहरु, अभिभावक तथा एनएमबी बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।

कार्यक्रम एनएमबी बैंक लुम्बिनी प्रदेश क्षेत्र (एक)का बरिष्ठ क्षेत्रीय प्रबन्धक मेघराज तिमिल्सिनाले सञ्चालन गरेका थिए । वाटर डिस्पेसरबाट विद्यालयमा अध्ययनरत करिव ३ हजार ५ सय विद्यार्थीहरू लाभान्वित हुने एनएमबी बैंक कुडिया सुस्ता शाखा प्रबन्धक कुलप्रसाद गौतमले जानकारी दिए । उनले छिटोछरितो, अत्याधुनिक र ग्राहक मैत्री बैंकिङ्ग सेवा लिन एनएमबी बैंक मार्फत कारोबार गर्न सबैलाई आग्रह गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?