भुमिकास्थान : पानीका मुहान जोगाउन बाँस हटाउने अभियान शुरु

अर्घाखाँची । पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरू मासिँदै जान थालेपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ ले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

वडाध्यक्ष प्रेमनारायण बेल्बासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने सार्वजनिक सूचना जारी गरेको हो ।

बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान सुक्ने, सुक्खायाममा आगलागीको जोखिम हुने भएकाले वडाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरीएकाे हाे ।

बाँसले ऐतिहासिक महत्त्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान सुक्ने, सुक्खायाममा आगलागीको जोखिम हुने भएकाले वडाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो । निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र वरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन सूचनामा भनिएको छ ।

वर र पिपललाई चाहिने पानी र घाम बाँसले लिँदा वर–पिपल भोको रहने अनि बिस्तारै मर्दै जाने भएकोले बास हटाउने अभियान प्राकृतिक संरक्षणका लागि राम्रो रहेको सामाजिक अगुवा प्रकाश बेल्बासेले बताए  ।

वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बाँस र पानीको मुहान असर गर्ने गरी लगाइएको बाँस हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?