
- मौसममा सुधार आएपछि आजको खेल हुने सम्भावना बढेको छ।
- वर्षाका कारण अघिल्लो खेल रद्द भई अंक बाँडिएको थियो।
- सुदूरपश्चिम र विराटनगरबीचको खेल हेर्न दर्शक उत्साहित छन्।
काठमाडौं । मौसममा सुधार हुँदै घाम लागेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सञ्चालन हुने सम्भावना बढेको छ।
यसअघि वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको थियो। खेल रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए।
मौसममा आएको सुधारसँगै क्रिकेटप्रेमीहरू आजको खेल सञ्चालन हुने अपेक्षामा छन्।













