back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

क्यानडाविरुद्धको एकदिवसीय अन्तरराष्ट्रिय सिरिज नेपाललाई

spot_img

काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट सिरिज नेपालले जितेको छ। आज भएको दोस्रो खेलमा नेपालले क्यानडामाथि ४ विकेटको जित निकाल्दै एक खेलअगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो।

Workplace

जितका लागि क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर भेटायो। नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रनको योगदान गरे। देव खनालले ७६ रन जोडे। नेपालका लागि ओपनर अनिलकुमार शाहले एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरे।

२० बलको सामना गरेका अनिलले ७ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका हुन्। अनिलले एकदिवसीय अन्तरराष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमानी समेत बनाएका छन्। यसअघि पपुवा न्युगिनीविरुद्धको खेलमा आसिफ सेखले २१ बलमा अर्धशतक प्रहार गरेका थिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो। क्यानडाका लागि अरुन जोनसेनले सर्वाधिक ६५ रनको योगदान गरे।

नवनीत धलिवालले ४६, श्रीयांश मोभाले ४०, प्रगत सिंहले ३८, निकोलस किर्टनले २० र दिलप्रीत बाजवाले १९ रनको योगदान गरे। क्यानडा दुई खेलाडी बाहेक सबै ब्याट्सम्यानले दोहोरो अंकको रन बनायो। २८६ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम खेल पर्सि सोमबार हुनेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?