क्यानडाविरुद्धको एकदिवसीय अन्तरराष्ट्रिय सिरिज नेपाललाई

काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट सिरिज नेपालले जितेको छ। आज भएको दोस्रो खेलमा नेपालले क्यानडामाथि ४ विकेटको जित निकाल्दै एक खेलअगावै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो।

जितका लागि क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर भेटायो। नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रनको योगदान गरे। देव खनालले ७६ रन जोडे। नेपालका लागि ओपनर अनिलकुमार शाहले एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरे।

२० बलको सामना गरेका अनिलले ७ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका हुन्। अनिलले एकदिवसीय अन्तरराष्ट्रियमा नेपालका खेलाडीमध्ये सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमानी समेत बनाएका छन्। यसअघि पपुवा न्युगिनीविरुद्धको खेलमा आसिफ सेखले २१ बलमा अर्धशतक प्रहार गरेका थिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो। क्यानडाका लागि अरुन जोनसेनले सर्वाधिक ६५ रनको योगदान गरे।

नवनीत धलिवालले ४६, श्रीयांश मोभाले ४०, प्रगत सिंहले ३८, निकोलस किर्टनले २० र दिलप्रीत बाजवाले १९ रनको योगदान गरे। क्यानडा दुई खेलाडी बाहेक सबै ब्याट्सम्यानले दोहोरो अंकको रन बनायो। २८६ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम खेल पर्सि सोमबार हुनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?