“डाँडै बिसाउनी” गीतले नाम र काम दुबै दियो : पूर्णकला बिसि

बर्दियामा जन्मिएकी लोक तथा दोहोरी गायिका पूर्णकला बिसि नेपाली गीत संगीतमा सदाबहार गायिका हुन् । ऊनी लामो समयदेखि नेपाली गीत संगीतमा निरन्तर छिन् । आजसम्म आउँदा उनको आवाजमा झन्डै पाँच हजार भन्दा धेरै गीत बजारमा आइसकेका छन् । साधारण जीवनशैली,नरम व्यबहार भएकी ऊनी कहिले विवादमा नआउने गायिका पनि हुन्।समाचार पोष्टको लागि अभिनव चौहानले लोक तथा दोहोरी गायिका पूर्णकला बिसिसँग गरेको कुराकानी।।

१. कुन गीत थियो जसले तपाईंलाई नाम र काम दुबै दियो ?

नेपाली गीत संगीतमा केही गर्नुपर्छ भनेर मैले काठमाडौंमा आएर संघर्ष गरिरहेकी थिए । जब घनश्याम तिवारीको शब्द सिर्जना, वसन्त थापाको संगीत त्यसैगरी वसन्त थापा र मेरो आवाजमा रहेको “डाँडै बिसाउनी” गीत बजारमा आयो।त्यसपछि मेरो लागि नाम र काम दुबै भयो भन्नु पर्छ । एउटा सफल गीत र मलाई पूर्णकला बिसि भनेर चिनाउने काम यहीँ हो । त्यसपछि मेला महोत्सव र स्टुडियोमा गीत गाउनको लागि धेरै काम आउन थाले ।

२. लगभग अहिले सम्म आउँदा कति गीतमा आवाज दिनु भयो ?

आजसम्म आउँदा झन्डै पाँच हजार भन्दा धेरै गीतमा आवाज भर्ने अवसर पाएकी छु । यस अर्थमा मैले आफूलाई भाग्यमानी गायिकाको रुपमा पनि लिँदै आएकी छु । यस क्षेत्रबाट मैले पैसा के कति कमाए भन्दा पनि नेपाली गीत संगीतमा कति योगदान पुराउन सके भन्ने कुराको लेखाजोखा राख्दै आएकी छु । सबैको माया पाएकी छु निरन्तर काम गर्न पाएकी छु सबैभन्दा ठुलो कुरा यहीँ नै हो।

३. लामो समयसम्म यहीँ क्षेत्रमा टिकी रहन के गर्नु पर्ने रहेछ ?

यसमा आफ्नो क्षमतासँगै सबै कुराहरू जोडिएको हुन्छ । यदि गायक गायिका हो भने आवाज राम्रो हुनुपर्छ।त्यसलाई राम्रो बनाईराख्न निरन्तर अभ्यासको आवश्यकता पर्दछ।कला गलासँगै सबैलाई मन पर्ने खालको बानी ब्यवहार पनि हुन अति जरुरी छ।त्यसैगरी आफ्नो काम प्रति सधैं जिम्मेवार हुनुपर्छ।यति गर्न सकियो भने निरन्तरता हुन सकिन्छ भन्ने मलाई लाग्छ ।

४. कलाकारको जिन्दगी र सामान्य व्यक्तिको जिन्दगीमा के फरक छ ?

दु:ख गर्ने जोकोहीले पैसा कमाउन सक्छ तर नाम कमाउने कुरा गाह्रो हो । एउटा कलाकार भएपछि नाम कमाउन सकिन्छ । सबैले चिन्ने मान्छे हुन सकिन्छ । मरेर जाँदा पनि सामान्य व्यक्तिको भन्दा कलाकारको मलामी अलि धेरै नै हुने गर्दछन । समग्रमा सामान्य व्यक्ति भन्दा कलाकार सामाजिक रुपमा परिचीत हुने हुँदा सबै कुराको ख्याल गर्नुपर्छ । उसका हरेक गतिविधि सबैले ख्याल गरेका हुन्छन् ।

५. विभिन्न समयमा हुने अवार्ड कार्यक्रमले के साच्चिकै कलाकारको स्तर मापन गर्छ त ?

अहिले पछिल्लो समयमा विभिन्न संघ संस्थाद्वारा धेरै अवार्ड कार्यक्रम हुँदै आएको पाइन्छ । केही अवार्डहरु छन् जसले राम्रोलाई राम्रो भनेर अवार्ड दिएको पनि पाइन्छ । तर सबै अवार्डहरु त्यो किसिमको भएको पाइदैन । आफ्नो चिनजानको व्यक्तिलाई अलि बढी प्राथमिकता दिएर राम्रो कलाकारलाई ओझेलमा पारेको पनि पाइन्छ।आजभोलिका केही अवार्ड बाहेक अरु अवार्ड लिँदा पहिलाको जति त्यति धेरै खुसी लाग्दैन । मेरो बिचारमा जसले अवार्ड कार्यक्रम राखेपनि जो राम्रो कलाकार हो । जसले नेपाली संगीत क्षेत्रमा योगदान पुराएको छ । अवार्ड जस्तो पवित्र चीज अरु कुनै कुरा नहेरी जो अवार्डको लागि योग्य छ उसैलाई मात्र दिनुपर्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अभिनव चाैहान
लेखकको बारेमा

अभिनव चाैहान

चाैहान समाचारपाेष्टका संस्कृति तथा पर्यटन ब्यूराे प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?