गाउँ मै केही गरौँ भन्ने हुटहुटिबाट जन्मिएको व्यवसाय – “अड्गुरी म:म सेन्टर”

जिबनको तीन दशक वैदेशिक रोजारिको लागि देश बाहिर रहनु सानो कुरा होइन । लामो समय वैदेशिक बसाइको अनुभव र गाउँ मै केही गरौँ भन्ने हुटहुटिबाट जन्मिएको व्यवसाय – “अड्गुरी मम सेन्टर”

२०३४ सालमा पाणिनी गाउपालिकाको अड्गुरीमा जन्मिएका इन्द्र बि. खनाल १३ बर्ष उमेरमा भारत प्रस्थान गरे । झन्डै २ दशक जति रोजगारीको लागि भारतमा बसेको अनुभव छ इन्द्र संग। त्यसलगत्तै उनी १४ बर्ष सम्म दुबई बसे ।

दुबईमा उनी १ लाख देखि १ लाख ५० हजार सम्म कमाउथे । ३ छोरी १ छोरा र १ श्रीमती सहितको उनको परिवार पुगेको मात्र थिएन सबै आवश्यकता समेत पूरा भएका थिए । तर उनलाइ भने मनमा शान्ती थिएन । उनी आफ्नै जन्मभुमि मै केही गर्न चाहान्थे । उनी भन्छन् “धेरै पटक नेपाल आउने जाने गर्दा केही गरौँ भन्ने सोच्थेँ तर सबै सोचे जस्तो हुदैनथ्यो ।”

एउटा दुर्घटना उनको लागि सदैब नेपाल बस्ने बाहाना भयो । वैदेशिक रोजगारिको क्रममा उनको गाडी दुर्घटनामा परि दायाँ हातको सर्जरी भयो । कम्पनीले उनलाई बिदा लिन र निको भएपछि काममा फर्किन भन्यो तर उनलाइ प्रदेश बस्न मन लागेन र उनी सधैको लागि नेपाल फर्किए ।

गाउँ मै केही गरौ भन्ने सोच भएका उनलाई नेपाल फर्केर के गर्ने भन्ने सोचले सताउन थाल्यो । जे गर्ने फरक गर्ने भन्ने सोचले उनले अध्याय सुरु गरे । ईन्टरनेट हेर्दै गर्दा मम बनाउने मेसिन देखे र उनको ब्यबसायको लागि पहिलो रोजाइ बन्यो ।

उनले गाउमा मम उत्पादन गर्ने र आवश्यकता अनुसार बिक्री बितरण गर्ने लक्ष्य बनाए । त्यही लक्ष्यको प्रतिफल हो -अड्गुरी मम सेन्टर ।

२०७८ मंसिर २९ गते सम्पुर्ण कानुनी प्रक्रिया सकाएर सुरु गरिएको मम सेन्टर डेढ आना क्षेत्रफलमा फैलिएको छ । पाली घुम्ती सडकखण्डको भञ्ज्याङ् देखि करिब १५० मिटर अगाडि रहेको मम सेन्टरमा इन्द्रले ३० लाख बराबरको लगानी लगाएका छन् ।

उनि भन्छन् “जिबनको सबै कमाइ यहि पोखेको छु । मान्छेले मलाई बौलायो, नहुने ठाउँमा लगानी लगायो समेत भने तर अहिले राम्रै भएको छ ।”

कुकिङ र मसलाको बारे राम्रो ज्ञान राख्ने इन्द्र मानिसको चाहाना अनुसारको मिठास भर्न जान्दछन । सुनकौली, इलाइची, टिमुर लगायतको मिश्रण सहित अर्गानिक मसालाले मनै लोभ्याउने खालको मीठो परिकार मम सेन्टरमा तयार हुन्छ । उनको मम सेन्टरमा बसेर खाने समय नभए तयार भएको मम तथा अन्य परिकार लिएर जान समेत पाइन्छ । उनी भन्छन् ” अहिलेका मानिस अल्लि हतारमै हुन्छन पर्खन समेत नपर्ने गरि मेसिनबाट बनेका मम तथा अन्य परिकार हामी प्याकिङ गरेर राख्छौं, यी परिकार १००प्रतिशत स्वस्थकर हुन्छन् ।”

मम सेन्टरमा मम सहित, सिक कबाब, लच्छा परौठा, चिकन टिक्का, चिकन तन्दुरी, चाउमिन लगायत विभिन्न परिकार उपल्ब्ध छन् ।

चिनबाट ल्याएको मेसिनले एउटै आकारमा १ घन्टामा ३हजार ६ सय मम बनाउन सक्छ । यसरी बनेका मम तथा अन्य परिकार फ्रीजमा राखेर ब्यवस्थापन गर्न सके ३ महिनासम्म प्रयोग गर्न मिल्छ ।

अहिले मम सेन्टरमा दैनिक दुई हजार पाँच सय पिस मम उत्पादन हुन्छ । २ हजार पिस मम बाहिर पठाउछन भने ५ सय मम सेन्टर मै आएर खाने गर्छन । १ हजार ५ सय रुपैयाँ सम्मको अडर आएमा निशुल्क होम डेलिभेरी पनि गरिने ब्यबस्था छ ।

अड्गुरी मम सेन्टरमा ४ जनाले रोजगारी पाएका छन् । मम सेन्टरबाट सन्धिखर्क, सुपा देउराली, हिलेखोला, दुर्गाफाँट, बलेवाङ, कपिलवस्तु लगायतका ठाउमा निर्यात हुन्छ भने कृष्णनगरमा शाखा समेत बिस्तार गरिसकेका छन् ।

उनको व्यावसायबाट स्थानिय कृषकहरू, कुखुरा पालक कृषक लगायतले समेत ब्यापार राम्रै गरेका छन भने तयार भएको मम बनाएर बेच्दा समयको पनि बचत भएको होटल ब्यबसायी बताउछन् ।                                           

यी र यस्ता उद्योग तथा ब्यवसायलाइ अगाडि बढाउन स्थानिय तहले पनि तदारुकता देखाए जिबनस्तर उकास्न तथा समृद्ध पाणिनी निर्माणमा समेत टेवा पुग्ने देखिन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?