back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

माओवादी र एमालेले समर्थन फिर्ता लिएसँगै मधेश सरकार संकटमा

spot_img

जनकपुरधाम । सत्ता गठबन्धनको माओवादी केन्द्रका मधेश सरकारमा रहेका मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मधेशको ठूलो दल एमालेका मन्त्रीहरुको सामूहिक राजीनामासहित समर्थन फिर्ता लिएपछि मधेश सरकार संकटमा परेको छ।

Workplace

माओवादी केन्द्रका २ जना मन्त्रीले सरकारबाट राजीनामा दिएका थिए। माओवादीबाट मधेश सरकारमा रहेका बिना विभागीयमन्त्री भरतप्रसाद साह र उद्योग‚ वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवलाई आइतवार बुझाएका छन्। साह माओवादी केन्द्रका संसदीय दलका मधेशका नेता पनि हुन्।

यसअघि संकटबीच विश्वासको मत लिने क्रममा मुख्यमन्त्री यादवले साहलाई रोजेको मन्त्रालय दिने सहमति गरेर पछि वनमन्त्रीमा सीमित गर्न खोजेपछि साह आक्रोशित भएका थिए। उनले वन मन्त्रालयको पदभार ग्रहण अस्वीकार मात्र गरेनन् सरकार नै ढाल्ने तयारी थाले।

माओवादीपछि आइतवार मुख्यमन्त्री यादवलाई भेटेर एमालेले आफ्ना ४ मन्त्री र २ राज्यमन्त्रीको सामूहिक राजीनामा बुझायो।

एमाले संसदीय दलका नेता तथा सरकारमा भौतिक पूर्वाधारमन्त्री रहेका सरोज यादवको अगुवाईमा मुख्यमन्त्री निवास पुगेर एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।

एमाबाट मधेश सरकारमा भौतिक पूर्वाधारका साथै गृह‚ सञ्चार तथा कानुन, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृतिमन्त्रीका साथै गृह‚ सञ्चार तथा कानुन र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका थिए।

संसदीय दलका नेता सरोज यादवले थाहाखबरसँग संक्षिप्त कुराकानी गर्दै देशमा केही दिनयता विकसित भएको नयाँ राजनीतिक घटनाक्रमअनुसार नै प्रदेशहरुमा सरकार बन्ने भएकाले त्यसमा सहजताका लागि आफूहरुले राजीनामा दिएको र समर्थन फिर्ताको निर्णयमा पुगेको बताए।

अब नयाँ समीकरणमा सहभागी हुने दलहरुबीच सहमति गरेर नयाँ सरकार बनाइने यादवले बताए।

एमाले संसदीय दलका नेता यादवले अब सरकार चलाउने आधार नरहेकाले मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने समेत बताए।

एमालेले आजै प्रदेश प्रमुख कार्यालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसमेत बुझाएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?