हिस्टुन (HISTUN) अर्घाखाँचीले बुझायो समन्वय इकाई प्रमुखलाई ध्यानाकर्षण पत्र

अर्घाखाँची ।
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) अर्घाखाँचीले शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीमा ध्यानाकर्षण पत्र बुझाएको छ । साविक उमावि तहमा अध्यापनरत शिक्षकहरूको सङ्गठन हिस्टुनको नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मणिराम पराजुलीलाई शिक्षकहरूका समस्याहरुका बारेमा तीनबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

जिल्लाका साविक उ.मा.वि. तह दरबन्दी एवम् अनुदानमा कार्यरत शिक्षकहरूका समस्याहरूको विषयमा सम्बन्धित स्थानीय तह तथा विद्यालयहरूलाई समस्या समाधानका लागि परिपत्र गरी समन्वय गरिदिन अनुरोध गर्दै समन्वय इकाई प्रमुखलाई ज्ञापनपत्र बुझाइएको हिस्टुन अर्घाखाँचीले जनाएको छ ।

नेपाल सरकारबाट प्रकाशित राजपत्रको अनुसूची १ को दफा ३ बमोजिम जिल्लाका साविक उमावि तहको दरबन्दी तथा अनुदानमा कार्यरत प्राय: शिक्षकहरूको मर्यादाक्रमलाई बेवास्ता गरिएको हुँदा उक्त समस्याको समाधानका लागि समन्वय गरिदिन आग्रह गरिएको हिस्टुन अर्घाखाँचीका अध्यक्ष टानबहादुर आचार्यले जनाएका छन् । त्यस्तै साविक उ.मा.वि. तहमा अनुदान तथा दरबन्दीमा कार्यरत शिक्षकहरूलाई अन्य कक्षा ११/ १२ का परीक्षा एवं मूल्याङ्कनसँग सम्बन्धित विषयमा प्राथमिकताका साथ सहभागी गराउने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी पहल गरिदिन शिक्षकहरुले आग्रह गरेका छन् । साविक उ.मा.वि. तहमा अनुदान तथा दरबन्दीमा कार्यरत शिक्षकहरूको बिरामी विदा सञ्चित एवं त्यसको अभिलेखीकरणका लागि समेत पहल गर्न शिक्षकहरुले ध्यानाकर्षण गराएका छन् ।

शिक्षकहरूले राखेका समस्याहरू जायज भएको र ती समस्याहरू समाधान गर्न आफूले पहल गरिदिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पराजुलीले बताएका छन् । आफू विगतमा पनि शिक्षकहरूकै समस्या समाधान गर्नका लागि दत्तचित्त भएर लागेको र आउने दिनमा पनि शिक्षकका यस प्रकारका समस्याहरु समाधान गर्नको लागि सहयोगीका रुपमा रहने समन्वय इकाई प्रमुख पराजुलीले बताएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?