गुजरातसँगको खेल वर्षाले रद्ध हुँदा हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टोली बन्यो

काटमाडौं । सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ।

गुजरात टाईटन्सविरुद्धको खेल वर्षाका कारण टस नै नभई रद्ध भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो।

तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ। दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक रहेको छ। यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन्।

कललकता यसअघि नै १३ खेलमा १९ अंक सहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ। उता गुजरात भने यस खेल अघि नै बाहिरिसकेको थियो। गुजरातले १४ खेलमा १२ अंक बटुल्दै यस सिजनको समाप्ती गरेको छ।

आईपीएलमा आज मुम्बई इंडियन्स र लखनउ सुपर जाएन्ट्स भिड्ने छन्। लखनउको प्लेअफ सम्भावना झिनो भएपनि कायमै रहेको छ भने मुम्बई भने बाहिरिसकेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?