केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बन्छः महामन्त्री थापा

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले केन्द्र र सात वटा प्रदेशमा ८ दलीय गठबन्धनको सरकार बन्ने बताएका हुन्।

‘हामीलाई अगाडिको पाटो सजिलो छैन्। केन्द्र र प्रदेशमा गठबन्धनको सरकार बन्छ। अब हामीले काम गर्न सकेनौं भने अरूलाई दोष दिने ठाउँ छैन्,’ उनले भने, ‘काम काम काम र कामले परिणाम। हामीले जनताका बीचमा भनेका पूरा गर्नुपर्छ।’

महामन्त्री थापाले एमालेसँगकै गठबन्धन बलियो बनाएको भए पुष्पकमल दाहाल प्रचण्ड धेरै वर्ष प्रधानमन्त्री बन्न सक्ने ठाउँ रहेको बताए। उनले प्रचण्ड मात्रै नभएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि चाहेको भए राष्ट्रपति बन्न सक्ने अवस्था बनेको बताए।

उनले भने, ‘माओवादी केन्द्रको अध्यक्षले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए। आजको दिनमा एमालेसँग भएको गठबन्धन छोड्नै पर्दैनथ्यो। एमालेसँगको गठबन्धनमा पनि राष्ट्रपति एमालेले पाउँथ्यो। माओवादीले पाउँदैनथ्यो। अहिलेको गठबन्धनमा कांग्रेसको उम्मेदवार बन्नुभएको छ। यो गठबन्धनमा आएर माओवादीले धेरै कुरा पाएको होइन।’

उनले राजनीतिप्रति इमान्दार भएर प्रधानमन्त्री प्रचण्डलाई मद्दत गरेर सरकारलाई सफल बनाउनुपर्ने बताए।

‘प्रधानमन्त्रीलाई सबैले मद्दत गर्नुपर्छ। गठबन्धन बनेको दिनबाट चकचक गर्ने, उपद्रो गर्ने, लसपस गर्न थाल्नु हुँदैन। यो काम गर्नु हुँदैन। राजनीतिक नैतिकता चाहिन्छ। पाँच वर्ष गठबन्धन तलमाथि हुँदैन। झ्याल ढोका बन्द गरेर कोठाभित्र बसेर समझदारी गरे अनुसार पालना गर्नुपर्छ। सरकारलाई सफल बनाउनुपर्छ,’ उनले भने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?