back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

११३औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस आज

spot_img

२४ फागुन, बुटवल। आज १ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ।

नेपालमा ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदैछ।  संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले प्रभातफेरी, अन्तरक्रिया, गोष्ठी, सम्मानलगायतका विभिन्न कार्यक्रम गर्दैछन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रहरी हेडक्वाटरमा विषेश कार्यक्रम गर्दैछ।

मन्त्रालयका प्रवक्ता यामलाल भुसालकाअनुसार प्रधानमन्त्री एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा बिहान ११ बजे कार्यक्रम हुँदैछ।

नेपालको संविधान महिला मैत्रि भए पनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनमा जोड दिएका छन्।  राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिएको छ। तर महिला प्रतिनिधित्वका सवालमा बाध्यकारी व्यवस्था रहेको निकायमा बाहेक बेवास्ता गर्ने गरिएको गुनासो छ।

संघ र प्रदेश सरकार गठनमा पनि महिलाको सहभागिताको विषयमा आलोचना हुँदै आएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?