बुटवल । लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०।८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयांको वजेट विनियोजन गरेको छ ।
जसमध्ये सूचना प्रबिधिको क्षेत्रमा नवप्रबर्धनात्मक कार्यक्रम बिस्तार गर्न एवं प्रदेश सरकारद्वारा प्रदान गरीने सेवालाई सूचना प्रबिधिको माध्यमबाट सरलीकृत र व्यवस्थित गर्न ४ करोड र संचारकर्मीको पेसागत सुरक्षा, प्रदेशमा रहेका संचारमाध्यम तथा संचारकर्मीका क्षमता अभिबृद्धि कार्यक्रमबाट प्रोत्साहन तथा लोक कल्याणकारी कल्याणकारी विज्ञापनका लागि ४ करोड विनियोजन गरेको छ ।
प्रदेश सरकारले पत्रकारको दुर्घटना बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ ।













