आठौँ लुम्बिनी प्रमियर लिग : लुम्बिनीमा इन्डो–नेपाल क्रिकेट प्रतियोगिता शनिबारदेखि

बुटवल । रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । यही फाल्गुन ३ (१५ फेब्रुवरी)बाट शुरु हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

स्थानीयस्तरबाटै खेलाडीलाई प्रोत्साहन गरी क्रिकेट खेलप्रति रुचि जगाउने उद्देश्यले ‘ लुम्बिनी प्रमियर लिग –८’ को नामले प्रतियोगिता हुन लागेको रिस्पोन्स टीम लुम्बिनीका संयोजक जमसंद खानले बताए । उनले अहिले हुने प्रतियोगिता आठौँ संस्करणको रहेको जानकारी दिए ।

प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगरलगायत जिल्लाबाट समूह दर्ता भएको आयोजक रिस्पोन्स टीम लुम्बिनी संयोजकले एजाज खानले जानकारी दिए । नेपालका विभिन्न स्थानबाट टोलीले प्रतियोगितामा भाग लिने खानले बताए ।

टेनिस बलले ‘नकआउट’ आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगिता मध्ये पर्दछ । यस पटक प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको संयोजक खानले बताए । पहिलो पुरस्कार रू दुई लाख पचास हजार र दोस्रो पुरस्कार रू एक लाख पचास हजार तोकिएको संयोजकले एजाज खानले जानकारी दिए ।

यसैगरी, ‘बेस्ट बलर’, ‘बेस्ट ब्याटर’, ‘म्यान अफ दी म्याच’, ‘ गेम चेन्जर’, अनुशासित टोलीलगायत सेमी फाइनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको व्यवस्था रहेको रहेको छ ।

टीमका संयोजक ईमरान खानका अनुसार करिब रू २० लाख खर्च लाग्ने प्रतियोगिताका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका एवं स्थानीय दाताबाट सहयोग सङ्कलन गरिएको छ । यस्तै, लुम्बिनी खेलकुद परिषद् संग पनि बजेट माग गरिएको भएपनि सहयोगको कुनै ठोस निर्णय भैनसकेको ईमरान खानले बताए । विगतमा रात्रिकालिन इन्डो नेपाल प्रतियोगिता गरेर सफलता संगै चर्चा कमाएको स्मरण गर्दै इमरान खानले यस पटकको प्रतियोगिता निकै रोचक हुने भन्दै सबैलाई उपस्थितीका लागि आग्रह गरे ।

विगत देखीनै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यस रिस्पोन्स टीम लुम्बिनीले प्रत्येक वर्ष इण्डो नेपाल क्रिकेट प्रतियोगिता गर्दै आएको छ । १२ दिन सम्म सञ्चालन हुने प्रतियोगिताको आगामी शनिवार पुर्व मन्त्री भरत कुमार शाहाले उद्घाटन गर्ने छन् । यस्तै पुर्व प्रदेश सांसद फकरुद्धिन खान , लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान , उपप्रमुख कल्पना हरिजन सहितका सामाजिक, राजनीतिक तथा खेलप्रेमी अतिथिहरुको उपस्थिती हुने आयोजकले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?