१९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली १९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

अर्को महिना भारतमा आयोजना हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो ।

यसअघि उनले नेपालमा भएको २० वर्षमुनिको साफ च्याम्पियनशिपमा युवा टोली सम्हालेका थिए ।

नेपाल त्यसको फाइनलमा बङ्गलादेशसँग ४–१ ले पराजित भएको थियो । यसपटक च्याम्पियनशिप २०८२ को वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ ।

च्याम्पियनशिपको खेल तालिका पनि सार्वजनिक भइसकेको छ । सबै खेल गोल्डेन जुब्ली स्टेडियम युपियामा हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?